Comments Add Comment

मोरङमा खोलाले बगाएर एक जनाको मृत्यु

२८ साउन, मोरङ । लोहन्द्रा खोलाले बगाउँदा शुक्रबार साँझ केराबारी गाउँपालिका–९ कुसुमे बस्ने ५६ वर्षीय मीनबहादुर थापाको मृत्यु भएको छ ।

स्थानीय बेलबारी बजारबाट घरतर्फ फर्कने क्रममा साँझ खोलाले बगाएका थापाको शव खोजी गर्ने क्रममा केही पर फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment