बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

बाढीको बबण्डरः २३ को मृत्यु, ४ बेपत्ता

झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जलमग्न

अनलाइनखबर

८ साउन काठमाडौं । शुक्रबार राति अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरि बबण्डर मच्चाएको छ । शनिबार विहानसम्म प्राप्त विवरण अनुसार विभिन्न जिल्लामा २३ जनाको मृत्यु भएको छ । दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ ।

गृहमन्त्रालयका अनुसार अहिलेसम्म बाढी र पहिरोमा परेर २३ जनाको ज्यान गएको छ भने चार जना हराइरहेका छन् ।

पश्चिम नेपालका तीनवटा पक्की पुलहरु बगेका छन् ।

गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेका छन् । त्यसैगरी राप्ती नदीपारिको वस्तीसमेत डुबेको गृहले जनाएको छ ।

प्रकोपबाट पीडित बनेकाहरुको उद्धारमा सुरक्षा संयन्त्र सक्रियरुपमा खटिरहेको गहमन्त्री जनार्दन शर्माले अनलाइनखबरलाई बताए ।


अहिलेसम्मको विवरण अनुसार सुनसरीमा ६, सिन्धुलीमा ४, बाँकेमा ४, झापामा १ र मोरङमा १ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै पाँचथरमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो ।

शनिबार बिहानसम्म प्राप्त विवरण अनुसार सुनसरीको इटहरी उपमहानगरपालिकामा बाढीले बगाउँदा वालवालिका र वृद्धसहित ६ जनाको शव फेला परेको छ ।

बाढीका कारण इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनासमेत डुबानमा परेको छ भने बजार जलमग्न बनेको छ ।

मोरङको केराबारी ९ कुसुमे गौडामा लोहोन्द्रा खोलाले बगाउँदा स्थानीय को मृत्यु भएको छ । रातिको बाढीले कुसुमेका ४ घर बगाएको छ भने देवीझोडा, बेलचौरीमा क्षति पुर्‍याएको छ । त्यस्तै केराबारी- ५ मा समेत बाढी पसेको छ । केराबारीको डाँगी र मुगुमा समेत बाढीले क्षति पुर्‍याएको छ । मोरङको सुन्दर हरैंचामा वृद्धाश्रममा रहेका ३ जना ज्येष्ठ नागरिकलाई बगाएर बेपत्ता बनाएको छ ।

बिराटनगर महानगरपालिका पूरै जलमग्न देखिएको छ । विमानस्थलमा सुरक्षा गार्डको आवाससमेत डुबेको छ ।

मोरङ जिल्लामा करिब १५ सय घरहरु डुबानमा परेको प्रारम्भिक रिपोर्ट आए पनि क्षतिको पूर्ण विवरण आइसकेको छैन । लोहोन्द्रा, बक्राहा लगायतका खोलाले जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । तर, नेपाल टेलिकमको सञ्चार सेवा रहस्यमय तरिकाले अवरुद्ध हुँदा सूचना संकलन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

झापामा पनि बाढीले ठूलो मात्रामा जमिन र घरहरु डुबानमा पारेको छ । झापामा बाढीका कारण एकको मृत्यु भएको छ भने दुईजना बेपत्ता बनेका छन् ।

सिन्धुलीमा पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

दाङमा बबईको बाढीले तुल्सीपुर बजारलाई डुबानमा पारेको छ भने राजमार्ग भत्किँदा घोराहीसँगको सम्पर्क विच्छेद भएको छ ।

बाँकेको गाँवर खोलामा आएको बाढीका कारण एकै घरका ३ सहित चारजनाको मृत्यु भएको छ । बाढीले गावर खोलाको पुलसमेत बगाएको छ ।

थप समाचारहरु
इटहरीमा बालबालिकासहित ६ जनाको शव भेटियो, सेनाको व्यारेकभित्रै बाढी पस्यो

बाँकेमा बाढीले घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु
सिन्धुलीमा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु
मोरङमा १५ सय घर डुबे, वृद्धाश्रमका तीन बेपत्ता
सरकारले भन्यो– अझै पानी पर्छ सतर्क रहनू
विराटनगर जलमग्न, विमानस्थल प्रभावित (तस्वीरसहित)

२०७४ साउन २८ गते ११:५० मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
४ प्रतिकृयाहरू प्राप्त
  • Dilaram Parajuli लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १३:०७

    यो समाचार पढेर साह्रै दु:ख लाग्यो । यसमा सरकारका सम्पूर्ण निकायहरू खोज उद्धारमा छिटो भन्दा छिटो परिचालित हुनु पर्यो । घटना हुने समयमा समाचार पढेर मात्र बस्ने अनि धेरै जनधनको क्षती पछिको राहतको कुनै औचित्य छैन । यसमा सरकारी तथा अन्य निकायको पनि छिट्टै राहत तथा उद्धारमा परिचालित होस ।

    0
    0
    Share

  • bijaya poudel लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १३:२०

    Bivina thauma badi pairo la dehrai xati garako khbr sunda dukha lago asma sarkalko daayan xitai jaaos

    0
    0
    Share

  • GAnesh लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १६:०६

    yo dukhad gadima bhagwanle sagan sakti pradan garun

    0
    0
    Share

  • Binod लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १७:५९

    Sadhi hamro tarai ko mag pura vayana na vanara ra karuna madhesi beta haru kata maraxn ki pani mai dube xn ki boldina ta tarai ko bara ma ki mag xina ra tarai ko janta ko lagi ????

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this