Comments Add Comment

१० किलो चरेससहित एक पक्राउ

२८ साउन, धनगढी । क्षेत्रीय अनुसन्धान समूह सुदूरपश्चिम (आई.आर.टी.) ले अवैध चरेशसहित १ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–१८ का ४५ वर्षीय अमरबहादुर बोहरालाई अवैध १० किलोग्राम चरेशसहित नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) रोमेन्द्र सिंह देउजाले जानकारी दिए ।

उनलाई सुराकीले दिएको जानकारीका आधारमा आईआरटीको समूहले पक्राउ गरेको थियो ।

पक्राउ परेका बोहरालाई थप आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment