बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

गोपाल हमाल विवेकशील साझा पार्टीमा, प्रदेश संयोजकको जिम्मेवारी पाए

अनलाइनखबर

२८ साउन, कैलाली । ‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । उनलाई प्रदेश ७ संयोजकको जिम्मेवारी दिइएको छ ।

हालै सम्पन्न स्थानीय चुनावमा हमाल धनगढी उपमहानगरमा मेयरमा उम्मेदवमर बनेका थिए । स्वतन्त्र उम्मेदवार हमाल मेयरमा विजयी नृप वडका निकटतम प्रतिद्वन्द्वी रहे ।

शनिबार धनगढीमा भएको विवेकशील साझा पार्टीको भेलाले हमाललाई प्रदेश ७ को संयोजक चयन गरेको छ । पार्टीका सहसंयोजक रविन्द्र मिश्रले हमाललाई प्रदेश संयोजक बनाउने प्रस्ताव राखेका थिए, जसलाई उपस्थितले सहमति जनाएका छन् ।

प्रदेश संयोजक बनेपछि हमालले सुदूरपश्चिमका सबै जिल्लामा पार्टी विस्तार गर्ने बताए ।

२०७४ साउन २८ गते १४:०५ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • Bhagwan pokhrel लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १४:३६

    Congratulations hamal jyu Best ofluck

    1
    0
    Share

  • randip budha लेख्नुहुन्छ    |   २०७४ साउन २८ गते १७:४९

    हामी नेपालका सम्पुर्ण बिबेक भएका साथीहरु एक ठांउमा हुन जरुरी देखिन्छ

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this