Comments Add Comment

डा. केसीको समर्थनमा विशाल प्रदर्शन, हेर्नुस् १३ तस्वीर

२८ साउन, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा विशाल प्रदर्शन भएको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परीणात भएको थियो ।

सहभागीहरुले भ्रष्टाचारी सकुशल घरमा, डा. केसी हावाको भरमा, सरकारको भुटुनमा माफियाको तरकारी, ६०१ लाई भत्ता, चिकित्सा ऐन वेपत्ता जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
प्रदर्शनका क्रममा ६०१ सांसद मेडिकल माफियाको चंगुलमा परेको देखाइएको थियो । त्यसका लागि माफिया लेखिएको कार्ड भिरेका एक सहभागीले डोरीले तानेका थिए, जुन डोरीमा ६०१ लेखिएको प्ले कार्ड बोकेका सहभागीहरु बााधिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment