Comments Add Comment

छोराछोरीलाई स्वदेशमै पढाउन अभिभावकको चासो, शैक्षिक मेलामा देखियो भिड (फोटोफिचर)


२८ साउन, काठमाडौं । कपनका रमेशकुमार बोगटी आफ्ना छोरा सुमनका साथमा दरबारमार्गमा आजबाट सुरु भएको शैक्षिक मेलामा भेटिए । नेपाल अयर एजुकेशन फेयर-२०१७ मा उनी विभिन्न शैक्षिक संस्थको स्टल-स्टलमा पुगेर परामर्श गर्दैै थिए ।

बोगटीका छोरा सुमनले साइन्समा प्लस-टू सकाएका छन् । त्यसैले अब छोराका लागि ब्याचलरमा कुन विषय पढ्दा उपयुक्त होला भन्दै उनी कलेजका स्टलहरुमा गर्दै परामर्श गरिरहेका थिए ।

उनीमात्रै हैन, क्षेत्रपाटीका संगीता थापा र सचिन थापा पनि आफ्नो छोरीका लागि कुन बलेज उपयुक्त हुन्छ भनेर मेलामै भेट्टाउने प्रयत्नमा थिए । छोरीसँगै साथै नल्याएका उनीहरुले कलेजको ‘फि स्ट्रक्चर’ बारे पनि राम्रोसँग बुझे ।

‘अब हामी नेपालमा कस्ता कोर्स कतिसम्म खर्च गरेर छोरीलाई पढाउन सक्छौं भनेर छर्लङ्ग भयौं’संगीताले भनिन्,’बच्चाको मन केमा छ भन्ने कुुरा ध्यानमा राखेर हामीले यहाँ छलफल गर्‍यौं ।’

उनले भर्खर १८ वर्षकी छोरीलाई प्रेशर बनाएर विदेश नपठाउने निर्णय आफूहरुले गरेको सुनाइन् । उनले यो समयमा छोरीलाई हरेक परिवारको साथ र सहयोग चाहिने भन्दै मास्टर्स लागि विदेश जानेबाटो खला राखेर ब्याचलर नेपालमै गराउन आफूहरु मेलामा सहभागी भएको बताइन् ।

‘मेलामा आएपछि हामीले थुप्रै विकल्पहरु देख्यौं । अब छोरीसँग छलफल गरेर कुन कलेजमा कुन प्रोग्राममा पढ्ने भनेर डिसिजन गर्छौं’ संगीताले भनिन् ।


छोरा सुमनसँगै आए बागटीले पनि सानै उमेर सन्तालाई आफूबाट टाढा राख्न नचाहेको सुनाए ।

‘मेरो साथीको छोरा बैंगलोरमा पढथ्यो । तर, त्यहाँ उसलाई गाइड नपुग्दा ठूलो दुर्घटना पर्‍यो । अहिले साथी छोरालाई भारतमा पढ्न पठाएकोमा पछुताइरहेको छ’ उनले भने,’हामी सचेत हुनैपर्ने रहेछ । आफ्नो सन्तान सही डिसिजन गर्ने बेला नभएसम्म हामीले नै उनीहरुलाई साथै राखेर सहयोग गर्नुपर्छ ।’


यो पटक मेलामा विद्याथीसँगै अभिभावक पनि ठूलो संख्यामा उपस्थिति जनाइरहेका छन् । पछिल्लो समयमा अभिभावकले पनि छोराछोरीलाई के पढाउने र कहाँ पढाउने भन्दै चासो देखाउने क्रम बढेको छ ।

मेलामा विद्यार्थीको घुइँचो गत वर्षहरुमा भन्दा बढेको छ ।

बानेश्वरका आादित्य पराजुली मेलाबाट निस्कँदा दंग भेटिए । त्यसको कारण खोल्दै भने,’पढ्नका लागि विदेश जान्न भनेको थिएँ । यहाँ आएपछि मैले पढ्न खोजेको आइटीको कोर्स सस्तोमै यहाँ नै पढ्न पाइने रहेछ ।’

पराजुली पनि अहिले प्लस-टु सकाएर बसेका रहेछन् । उनीसँगै भेटिएका सुजन पराजुली भने अझै पनि यहाँ बस्ने की बाहिर जाने भन्नेमा दोधारमा भेटिए । मेलामा अाएपछि विदेशको रहर भने उनको पनि खल्बलिएछ ।

‘दाइसँग यसो मेलामा जाउँ भनेर मात्रै आएको हुँ । नेपालमा पनि राम्रो कोर्सहरु आइसकेको रहेछ । अब घरमा सल्लाह गर्छु’
उनले भने ।

दरबारमार्गका चलिरहेको स्वदेशी कलेजहरुको शैक्षिक मेलामा पुगेपछि धेरैले अब विदेशको सट्टा ब्याचलर यतै सक्ने मनस्थितिमा बनाएका छन् ।


‘विदेशमा त्यही कोर्स पढ्नका लागि ठूलो खर्च लाग्छ । काठमाडौंमै पनि त्यही कोर्स राम्रो पढाउने र रिजल्ट दिने कलेजहरु छन्, हामी पनि त्यही काम २१ वर्षदेखि गरिरहेका छौं ‘ इस्लिङ्टन कलेजकी एडि्मिसन मेनेजर अनुश्री माानन्धरले भनिन्,’विदेशमा हामीले पढाउने आईटीकोर्स गर्न वर्षमा १३ लाख बढी खर्चिनुपर्छ । तर, हामी पुरै कोर्स १० लाख खर्च गर्दा पुर गर्नसक्छौं ।’

मेलामा सहभागी धेरै विद्यार्थी नेपालमा पनि स्तरीय शैक्षिक कोर्सहरु सस्तो शुल्कमै पढाइ भइरहेको बारे अनविज्ञ देखिएको शैक्षिक संस्थाका परामर्शदातृहरु बताउँछन् ।

पहिलो दिनमै ठूलो संख्यमा विद्यार्थी तथा अभिभावकले अवलोकन गरेको आयोजक एजुकेशन डटकमका प्रवन्धक निर्देशक जीवन लामा गोले बताए ।

‘विद्यार्थीहरु नेपालमा शिक्षा लिन उत्सुक छन् । तर, उनीहरुलाई यहाँ पढाइ भइरहेका कोर्स र गुणस्तरीताबारे त्यति धेरै थाहा र विश्वास छैन’ गोलेले भने,’मेलाले अभिभावक र विद्यार्थीमा नेपालमा पनि विदेशी कलेजकै गुणस्तरको शिक्षा लिन सकिन्छ भन्ने चेतना जागृत गर्न मेला फलदायी हुनेछ ।’

भोलि सकिने मेलामा झण्डै ७ हजार विद्यार्थीले परामर्श लिने अपेक्षा गरिएको छ । मेलामा विभिन्न ४५ भन्दा बढी स्वदेशी शैक्षिक संस्थाका ५० वटा स्टल छन् ।


मेलामा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायतको पनि सहयोग छ । त्रिभुवन विश्व विद्यालय अन्तरगतको सरकारी नेपाल कमर्स क्याम्पसले पनि मेलामा सहभागिता जनाएको छ ।

मेलामा विभिन्न कलेजहरुले बीबीए, बीआइटी, एमबीए, बीएचएम, बीआइएम, बीटीटीएम, बीएचटीएम लगायतका कोर्सहरुबारे परामर्श दिइरहेका छन् ।

मेलाको आयोजना एजुकेशन डटकम प्रालि र भिजन मिडियाले गरेका हुन् । मेलामा विद्यार्थी तथा अभिभावकको बाक्लो उपस्थिति छ ।

भोलि पनि मेला साँझ ५ बजेसम्म जारी रहनेछ । मेलाको टाइटल स्पोन्सर इस्लिङ्गटन कलेज रहेको छ भने भने पावर्ड-बाइमा डिएभी कलेज छ । पाटन कलेजले मेन स्पोन्सर गरेको मेलालाई नर्भिक बिजनेश कलेजले स्पोन्सर गरेको छ ।

भिजन मिडियाको ब्यवस्थापनमा स्वदशेमै स्तरीय उच्च शिक्षा हासिल गर्न चाहाने विद्यार्थीलाई लक्षित गरेर मेला भइरहेको छ ।


नेपालमा पनि उच्च गुणस्तरको उच्च शिक्षा सुभल शुल्कमा मिल्छ भन्ने थाहा नपाउँदा लाखौं खर्चेर विद्यार्थीहरु विदेशिनु परेको कारण मेलको तेस्रो संस्करण आयोजना गरिएको हो ।

‘अब सँधै यहाँबाट विद्यार्थीहरु लगातार ठूलो रकम खर्चेर ऋणको भारी बोकेर विदेश जाने अवस्था बनाइरहनु हुँदैन । धेरै त्यस्ता कलेजहरु यहाँ छन्, जसले विदेशमा दिने स्तरभन्दा माथिका शिक्षा दिइरहेका छन् ।

ति कलेजलाई विद्यार्थीसँग कनेक्ट गराउन मेला गर्न लागेका हौं’ गोलेले भन, ”यो वर्षको मेलमा विद्यार्थी मात्रै होइन, अभिभावक पनि सहभागी भएका छन् । धेरै अभिभावकलाई पनि हामी नेपालमै बिशिष्ट कोर्सहरु राम्रो गुणस्तरका साथ पढाइ हुन्छ भन्ने बुझाउँदैछौं ।’

मेलालाई ‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने नारासहित प्रवर्द्धन गरिएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment