Comments Add Comment

भारतले बाँध नखोल्दा बाँकेका सयौं घर डुवानमा

३ बालिकासहित ४ जना मृत्यु, सयौं प्रभावित

२८ साउन, नेपालगञ्ज । शुक्रबारदेखि अविरल परेको पानीको कारण आएको बाढीका कारण बाँकेको जनजीवन प्रभावित भएको छ । राप्तीमा पानीको सतह बढ्दा पनि भारतले लक्ष्मणपुर व्यारेजको ढोका नखोलिदा राप्ती किनारका बस्तीहरु जोखिममा परेका छन् ।

अविरल बर्षाका कारण राप्ती सोनारी- ४ लालपूरमा घर भत्किदा कमिलाल थारुका ३ छोरीको पुरिएर मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका सुचना अधिकृत खगेन्द्र पौडेलका अनुसार १२ बर्षीया अन्जु थारु, ९ बर्षीया सरिता र ७ बर्षीया सुस्मिताको मृत्यु भएको छ ।

फुलकुमार थारुले भने भागेर ज्यान जोगाएका छन् । अर्का एकको शव भेटिएको छ तर, सनाखत हुन सकेको छैन ।

राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर १,२, ३, ५, ६, ७ तथा डुडुवाको वडा नम्बर १ मा घरहरु डुवानमा परेका छन् । नरैनापुर गाउँपालिका गगाँपुर, मटैहियामा धेरै घरहरु डुवानमा परेका छन् ।

साविकको फत्तेपुर गाविसको वडा नम्बर ९ डलैया र टेपरी दजनौ घरहरु डुवान परेका छन् । स्थानिय सिद्धेश्वर मावि फत्तेपुरका प्रधानाध्यापक ओम पुनले राप्ती पारी अवस्था अत्यन्त गम्भिर रहेको भन्दै सहयोगका टेलिफान मार्फत आग्रह गरेका छन् ।

गृहमन्त्रालय मार्फत अनुरोध गर्दा समेत भारतले बाँध खोलेको छैन । जिल्ला प्रशासन कार्यालयका सुचना अधिकृत पौडेलले बहराइचको डियमलाई स्थानीय स्तरबाट बाँध खोलिदिन आग्रह गरिएको बताए ।

उद्धारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी खटिएकोछ । तर, मौसम प्रतिकुलताका कारण हेलिकप्टर सुर्खेतस्थित नेपाली सेनाको पृतनाकबाट आउने हेलिकप्टर समेत आउन सकेन ।

राप्ती नदिको सहत खतराको चिन्ह भन्दा धेरै माथि छ । त्यसैगरी बाँकेको राप्ती सोनारी फत्तेपुर पनेरियामा राप्तीको पानीले बगाएका दुई जनाको करिव ४ घण्टापछि स्थानीयबासीले नै जीवितै उद्दार गरेका छन् ।

स्थानीय देब बहादुर खाँडले दिएको जानकारी अनुसार पनेरियाका ३२ वर्षीय फुलराम थारु र २८ वर्षीय भागिराम थारुलाई बगाएको ४ घण्टापछि जिवितै उद्दार गरिएको थियो । उनीहरु बगाएको ठाँउबाट करिव ३ सय मिटर टाढा रहेको बबुरको रुखमा अड्किएर बसेको अवस्थामा भेटिएका थिए ।

रातभरी परेको पानीको कारण पूर्वपश्चिम सडकखण्डको कोहलपुर- कुसुम क्षेत्रमा पर्ने गाभर खोला र गन्धौली नालाको पुल बगाउँदा बाटो अवरुद्ध भएको छ । अगैयादेखि ८ किलोमिटर पूर्व रहेको गाभर खोला र ४ किलोमिटर पश्चिम रहेको गन्धौली नालामा सडक बिभागले डाईभर्सन निर्माण गरी बाटो सुचारु गर्नको लागि पहल गरे पनि पानीको बाहव तीब्र भएको कारण हुन सकेको छैन ।

डुडुवामा आएको बाढी घर भित्र पसेका कारण सयौ मानिसहरु छतमा बस्न बाध्य भएका छन् । डुडुवा-४ का करिम खाँले बाढी घर डुवाएपछि धेरै सर्वसाधारण पक्की घरमा छत छतमा बसिरहेको बताए । उनले बाढीका कारण सर्वसाधारण भोकभौकै रहेको बताए । उनले भने, ‘भागेर ज्यानसम्म बचाएका छौ, अहिलेसम्म केही आएका छैनन् ।’

उनले डुडुवा -४ खालेमसाहामा मात्रै ३ सय बढि घर डुवानमा परेको बताए । उनले पीडितहरु खाने कुरा व्यवस्था गर्न समेत माग गरे । ‘पुरै गाउँ डुवानमा छ । घरभित्र पुरै पानी छ, राती कहाँ सुत्ने, बालबच्चालाई कहाँ राख्ने ।’

बाढिपीडित गोबिन्द चौहानले भने, ‘ बेलुका ४ बजेसम्म उद्दार र राहतको लागि कोही आएको छैन । घरमा जाँउ पानी भरिएको छ । सबै राप्ती पारीमात्र भन्दछन हामीलाई हेर्ने कोई भएन ।’

डुडुवा खोला र राप्ती नदिमा आएको बाढीले डुडुवा गाउँपालिका- ५ को खजुराका ५० घर, वडा नम्बर ४ को लालपुर र खाले मसाहाका ३ सय घर, वडा नम्बर ३ का कटैया, राजारामपुरुवा र लोधपुरुवा, वडा नम्बर २ अमृतपुरुवा, द्रोणपुरुवा, नौरीगौडीका पुरै घर डुवानमा परेका छन ।

त्यस्तै वडा नम्बर १ खडैचा र पिप्रहवा गाउँ्र पुरै डुबेको छ । डुडुवा १ चौफेरीका सम्पर्क विहिन अवस्थामा छ । बाँकेको राप्तीपारी डुवानको बीचमा फसेकालाई उद्दार गर्न आएको नेपाली सेनाको हेलिकप्टरले उद्दार गर्न नसकेको भन्दै गंगापुर र बैजापुर क्षेत्रमा आपतकालिन खानेकुरा पठाईएकोे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवत्ता डिएस्पी सरोज पौडेलले जानकारी दिए ।

यता पूर्वपश्चिम राजमार्गमा दुई ठाउँमा पुल भत्कदा राजमार्ग अवरुद्ध छ । भने खजुरा गाउँपालिका- ६ उढरापुरको ८ विगाहा र १० विगाहामा समेत मान खोला पसेर डुवान भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment