Comments Add Comment

‘बन्दरगाह’ जस्तै बन्यो बिराटनगर विमानस्थल !


२८ साउन, बिराटनगर। माथिको तस्वीरमा जलाशयभित्र एउटा जहाज देखिन्छ । तर, यसलाई पानीजहाज चाहिँ नठान्नुहोला, किनभने यो हवाइजहाज हो ।

भर्खरै नयाँ उडान भर्न थालेको श्री एयरलाइन्सको हवाइजहाज । बिराटनगर विमानस्थलमा डुबानको समस्यामा परेर थन्किएको छ ।
डुबानका कारण यसरी विमानस्थल नै डुबेको सम्भवतः नेपालकै यो पहिलो घटना हो ।बिराटनगर विमानस्थल यतिबेला जलाशयले भरिएको छ । झट्ट हेर्दा यस्तो लाग्छ, यो विमानस्थल नभएर पानीजहाज रोकिने बन्दरगाह हो ।

दुई दिनयता बिराटनगर विमानस्थलको सम्पूर्ण सेवा ठप्प भएको छ । जहाजका पाङ्ग्राहरु डुबेको अवस्थामा देखिएको श्री एयरलाइन्सको यो विमानचाहिँ दुई दिनअघि परीक्षण उडानका क्रममा काठमाडौंबाट बिराटनगर पुगेको थियो ।

बिराटनगरको विमानस्थल प्रवेश गर्ने प्रवेशद्वारदेखि नै पानी भरिएको छ । सवारी साधन लिएर वा पैदलरुपमा कोही पनि मानिस मुख्य सडक पार गरेर विमानस्थलसम्म पुग्न सक्ने स्थिति छैन ।

अनलाइनखबरकर्मीसहित सञ्चारकर्मीको एक टोली शनिबार विमानस्थलको अवलोकन गर्न निस्के पनि त्यहाँसम्म पुग्न नसकी वीचबाटै फर्कनुपरेको छ ।

विमानस्थलको टर्मिनल भवन आसपास सुरक्षाकर्मीले पहरा दिने ब्यारेकसमेत डुकेको छ । डुबानका कारण विमान सेनामात्रै होइन, विमानस्थलको सुरक्षासमेत अस्तव्यस्त बन्न पुगेको छ ।

एयरपोर्टमा देखिएको डुबानले यहाँको विमानस्थल कतिसम्म असुरक्षित छ भन्ने स्पष्ट पारेको छ । बाढी पीडितहरुको तत्काल उद्धार गर्नुपर्ने भएमा यो विमानस्थल प्रयोग गर्न नसकिने स्थिति आएको छ ।

सिंगै बिराटनगर जलमग्न

त्यसो त बिराटनगर महानगरपालिकामा अहिले विमानस्थलमात्रै होइन, सिंगै शहर जलमग्न बनेको छ । बाटामा सवारी साधनहरु चल्न सक्ने स्थिति छैन ।

घरहरु पनि भुइँतलामा बस्न नसक्ने गरी डुबानमा परेका छन् । बिराटनगर नोबेल अस्पतालको भुइँ तलामा पानी पसेपछि बिरामीहरु मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment