Comments Add Comment

बर्षाका कारण १६ हलमा ‘संरक्षण’को शो स्थगित, मल्टिप्लेक्समा राम्रो व्यापार


गएरातीदेखि देशभर परेको अविरल बर्षाका कारण तराइका अधिकांश जिल्ला डुबानमा परेका छन् । तराइका अधिकांश जिल्ला डुबानमा पर्दा जनताको दैनिक जीवन कष्टकर बनिरहेको छ । विराटनगर विमानस्थल पनि पहिलो पटक जलमग्न भएको छ ।

यसको प्रत्यक्ष प्रभाव शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘संरक्षण’लाइ पनि परेको छ । शनिबार दिनभर परेको पानीका कारण दर्शकलाई हलसम्म पुग्न नै समस्या परेको थियो । चलचित्रका निर्मातामध्येका एक प्रदिपकुमार उदयले भने–‘तराइका अधिकांश जिल्ला डुबानमा पर्दा हाम्रो चलचित्र चलिरहेका १६ वटा हलमा प्रदर्शन स्थगित हुन पुग्यो ।’ उदयका अनुसार काठमाण्डौका अधिकांश मल्टिप्लेक्स हलमा भने चलचित्रले राम्रो व्यापार गरेको छ । उनले अनलाइनखबरसँग भने–‘मल्टिप्लेक्समा शनिबार दिनभर दर्शकको उपस्थिती हाउसफूल थियो ।’

समिक्षकबाट राम्रो प्रतिक्रिया पाएको चलचित्रलाई पुर्णेन्द्र झाले निर्देशन गरेका हुन् । तराइको समस्या र प्रहरीको भूमिकालाइ चलचित्रले दर्शकको मन जित्ने शैलीमा उठान गरेको छ । निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि, मलिना जोशी, रमेश रञ्जन झा लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र १ करोड भन्दा माथिको बजेटमा तयार भएको निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment