Comments Add Comment

चर्च व्याईज पाथिभरा गोल्डकपको फाइनलमा

२८ साउन, ताप्लेजुङ । चर्च व्वाईज युनाईटेड क्लब काठमाडौं, ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको सेमिफाइनल खेलमा नव प्रयास युवा क्लव ताप्लेजुङलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

चर्च व्वाईजलाई फाइनलमा पुर्‍याउने क्रममा राज पौडेलले ९ औं मिनेटमा गरेको गोल नै निणर्ायक वन्यो । निकै प्रतिश्र्पधात्मक खेलमा ताप्लेजुङले आधा दर्जन वढि अवसर खेर फालेको थियो ।

जिल्ला सदरमुकामस्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलको म्यान अफ दि म्याच चर्च व्याईजका प्रवास गुरुङ भए ।

चर्च व्वाईजले भोलि हुने शसस्त्र प्रहरीको टिम दमक र सगरमाथा स्र्पोटिङ क्लव विराट चौक मोरङबीचको खेलको विजेतासँग सोमबार फाइनल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment