Comments Add Comment

रुपन्देही जिससमा एमाले-फोरम गठबन्धन विजयी

२८ साउन, भैरहवा । जिल्ला समन्वय समिति -जिसस) रुपन्देहीमा एमाले र संघिय समाजवादी फोरम नेपाल गठबन्धनको प्यानल नै विजयी भएको छ ।

समितिको प्रमुख पदमा एमालेका एकराज विश्वकर्मा र उपप्रमुख पदमा फोरम नेपालका पशुपतिनाथ यादव विजयी भएका छन् । विश्वकर्माले २७ मत र उपप्रमुखमा यादवले २४ मत प्राप्त गरे।

विश्वकर्माका प्रतिद्वन्द्वी कांग्रेसका विष्णुप्रसाद बस्यालले ५ मत र यादवको प्रतिद्वन्द्वी माओवादी केन्द्रका सदावृक्ष तेलीले ८ मत प्राप्त गरे

सदस्यमा एमालेका कविराम अर्याल र खेमप्रसाद लुइटेल र फोरमका रियाज अहमद विजयी भएको मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले जानकारी दिए ।

महिला सदस्यमा एमालेकी जमुना लम्साल र ज्ञानु विक तथा फोरम नेपालकी सरोजकुमारी बरइ विजयी भएकी छिन् । दलित वा अल्पसंख्याक पदमा फोरम नेपालका छोट चमार विजयी भएकी छन् ।

जिससको निर्वाचनमा पनि मत बदर

जिससको निर्वाचनमा स्थानिय तहका प्रमुख र उपप्रमुख मात्र मतदाता रहेपनि जिससको निर्वाचनमा पनि मत बदर भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला पदमा ५ वटा मत बदर भएको छ । दलित वा अल्पसंख्यक सदस्य पदमा ३ मत, र अन्य सदस्य पदमा २ मत बदर भएको मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment