Comments Add Comment

माओवादी केन्द्र निकट डाक्टरहरु संगठित

२८ साउन, पोखरा । नेकपा माओवादी केन्दै निकटका चिकित्सकहरु संगठित भएका छन् । शनिबार पोखरामा भएको डाक्टरहरुको भेलाले डा. दीपकप्रसाद कोइरालाको संयोजकत्वमा १५ सदस्सीय नेपाल प्रगतिशिल चिकित्सक संघ प्रदेश नं ४ गठन गरेको छ ।

संघको सहसंयोजकमा डा. दिनेशकुमार विक, सचिवमा डा. ढाकाकुमार श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा डा.कृष्ण कोइराला, डा.सुरेश थापा, डा.मदन थापा, डा.वुद्धिराज गुरुङ, डा.विजय गुरुङ, डा.होमवहादुर गुरुङ, डा.सरोज दाहाल र डा.विकाश गुरुङ छन् ।

अन्य ४ सदस्य पछि थपिनेछ । संघको सल्लाहकार संयोजकमा डा.वुद्धिवहादुर थापा तथा सदस्यहरुमा डा.खेमराज कैनी, डा.प्रेम थापा, डा.लुमेश्वर आचार्य र डा.नरेन्द्रविक्रम गुरुङ छन् ।

भेलाका प्रमुख अतिथि माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा जनस्वास्थ्य विभाग प्रदेशका फ्राक्यासन ईन्चार्ज राजकाजी गुरुङ (करण)ले नेपालको स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो रहेको र नयाँ नीति बनाउने सन्दर्भमा चिकित्सहरुलाई सहयोगको आग्रह गरे ।

उनले देशमा विकास र समृद्धिको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय शासन प्रणाली आवश्यक रहेकोले माओवादीले अव त्यसका लागि संघर्ष गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment