Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः बाढी र पहिरोले मानवीय संकट, उद्धार र राहतको प्रतिक्षामा पीडित

२९ साउन, काठमाडौं । देशभर परेको अविरल वर्षापछि आएको बाढीका कारण कम्तीमा ३० जनाको ज्यान गएको छ भने २० जना हराइरहेका छन् । बिहीबारदेखि लगातार परेको पानीले पूर्वमा झापादेखि पश्चिममा बर्दियासम्मको तराईको अधिकांश भूभाग जलमग्न भएको खबरले आजका पत्रपत्रिकाहरु भरिएका छन् ।

पत्रपत्रिकाहरुले आज बाढी र पहिरोको अलावा डा. गोविन्द केसीको अनसनबारे पनि लेखेका छन् ।

‘बाढी–पहिरोमा परी ३३ जनाको मृत्यु’ शीर्षक दिएर आज गोरखापत्रले मुख्य खबर लेखेको छ । गोरखापत्रले उद्धारमा खट्न प्रधानमन्त्रीले निर्देशन दिएकोदेखि विद्युत्त अवरुद्ध गरे पाँच लाख रुपैयाँ जरिवानासम्मका खबर छन् ।

कान्तिपुरले तराई जलमग्न भएको र ३४ जनाको ज्यान गएको लेखेको छ । कान्तिपुर दैनिकका अनुसार बाढी र पहिरालेले कैयौं बेपत्ता भका छन् भने सयौं विस्थापित भएका छन् ।

बाढी र पहिरोले जनजीवन संकटग्रस्त बनेको लेखेको अन्नपूर्ण पोस्ट दैनिकले सोमबारसम्म निरन्तर वर्षा हुने भन्दै सतर्क रहन भनेको छ ।

‘विपतको बीचमा राहतको पर्खाइ’ शीर्षक दिएर आज नयाँ पत्रिका दैनिकले मुख्य खबर लेखेको छ । नागरिक दैनिक र राजधानीले पनि अन्य पत्रिकाहरुले झै बाढी र पहिरोले पुर्याएको क्षतिको विषयलाई नै प्रमुखताका साथ छापेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment