Comments Add Comment

मकवानपुरमा पहिरोः मंगल सिंहको घर गोठ बगाउँदा एकको मृत्यु, ६ जना वेपत्ता


२९ साउन, हेटौंडा । मकवानपुरको अम्बासबेसीमा मंगल सिंह न्यासुरको घर गोठ बगाउँदा एक जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता छन् ।

राति आएको पहिरोले बकैया गाउँपालिका–१० अम्बासबेसीस्थित न्यासुरको घर गोठ बगाएको हो । पहिरोले घर बगाउँदा न्यासुर, उनकी श्रमती, चार छोरी बेपत्ता भएका छन् ।

एक बालकको शव भेटिएको छ । वडाध्यक्ष सुमन तिमल्सिनाका अनुसार पहिरो सेरोखोलामा मिसिएको छ । र, झण्डै ५/६ विघा खेत पनि बगर बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment