Comments Add Comment

गण्डक नहर भासिन सक्ने भन्दै पानी बन्द गरियो

२९ साउन, नवलपरासी । नवलपरासीतर्फ आउने गण्डक नहर भासिने खतरा बढेको भन्दै पानी बन्द गरिएको छ ।

प्रतापपुर गाउँपालिका–८ सुरजपुराको एक किलोमिटर उतरतर्फ ४२ आरडीमा नहरको भासिन लागेको खबर आएपछि आइतबार बिहान साढे सात बजेदेखि पानी बन्द गरेको हो । यसले सुरजपुरामा रहेको १५ मेगावाट उत्पादन क्षमताको गण्डक जलविद्युत गृह ठप्प भएको छ ।

नहर बन्द गरिएपछि नारायणी नदीको ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।

यसले नारायणी नदीमा पानीको बहाब बढ्न थालेको जलस्तर मापन केन्द्र वाल्मिकिनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment