Comments Add Comment

जेद्धामा मनाइयो २३ औं आदिवासी दिवस

१३ अगस्ट, साउदी अरब । नेपाल आदिवासी जनजाती महासंघ क्षेत्रीय समन्वय समिती जेद्धाले अगष्ट ११ मा २३ औं आदिवासी दिवस मनाएको छ । “अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ जेद्धाको इम्पाला गार्डेन हलमा समितिले दिवस मनाएको हो ।
क्षेत्रीय समिति अध्यक्ष ङिमा सांगे शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास रियादका नवनियुक्त राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतको प्रमुख आतिथ्यता रहेको थियो । नियोग उपप्रमुख आनन्द प्रसाद शर्मा, जेद्धाका कार्यवाहक महावाणिज्यदूत रेवती रमन पौडेल, वाणीज्यूत मनहरी दंगाललगायत संघसंस्थाका प्रतिनिधिहरुसमेत कार्यक्रममा सहभागी भएका थिए ।

आदिवासी जनजातीको वारेमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल तामाङ घेदुङ साउदी अरबका अध्यक्ष बिगेन्द्रसिंह वाइवाले आदिवासीहरूको उदगम स्थल, भाषा, धार्मिक रितीरिवाज, भेषभुषा जस्ता प्राचिन कुराहरूको उचित जगेर्ना गर्नका लागि राज्यले संरक्षकत्वको भूमिका निर्वाह गरी नागरिकहरूप्रति समान अधिकार प्रत्यायोजन गर्नुपर्नेमा विशेष जोड दिए ।

कार्यक्रमका अतिथि जनजाति महासंघ केन्द्रीय समितिका उपाध्यक्ष बालकुमार राईले नेपालको भौगोलिकता अनुरूप जातीय वसोवास रहेको र आदिवासीहरूको आफ्नै मौलीक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment