Comments Add Comment

आँचल भन्छिन्-‘राम्रो काम गर्ने सबै जेन्टलम्यान’


भदौ ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’ नायक पल शाह र नायिका आँचल शर्माका लागि महत्वपूर्ण छ । स्टार बन्ने बाटोमा दौडिएका पलको यो चलचित्र पनि चलेको खण्डमा उनी यो क्षेत्रमा लामो रेशको घोडा बन्न सक्छन् । यता, नायिका आँचल शर्माको करिअरका लागि पनि लभस्टोरी र एक्सनको कथामा तयार भएको यो चलचित्र चल्नुपर्ने छ ।

यसैविच, चलचित्रको यूनिटले चितवनबाट आफ्नो प्रचार आरम्भ गरेको छ । चलचित्रका मुख्य कलाकार पल र आँचलका साथमा निर्माता एन्डि्रउ पौडेल र अजय मल्लले चितवन पुगेर चलचित्रको प्रचारको सुरुवात गरेका हुन् । चलचित्रको यूनिटल ‘जेन्टलम्यान क्लब’को नाममा चितवनमा रहेर सामाजिक क्षेत्रमा काम गर्ने २ जना समाजसेवीलाई विशेष सम्मान गरेको हो । उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम र समाजसेवी छाया श्रेष्ठलाई जेन्टलम्यान क्लब विशेष सम्मान गरिएको हो ।

नायिका आँचल शर्माले राम्रो काम गर्ने मान्छे जेन्टलम्यान भएको बताइन् । यस्तै, नायक पल शाहले राम्रो चलचित्रमा काम गरेको भन्दै हेरिदिन सबैसँग आग्रह गरेका थिए । यस्तै, निर्माता पौडेलले यूवायूवतीलाइ लक्षित गरेर चलचित्र बनाएको बताए । नितिन चन्दले निर्देशन गरेको यो चलचित्र भदौ ३० गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment