Comments Add Comment

हावाको बिजुली उद्घाटन गर्दै ओलीले भने-मलाई हावादारी भन्नेहरु जोमसोम आउनू

२९ साउन,काठमाडौं । प्रधानमन्त्री भएका बेला हावाबाट बिजुली निकाल्ने घोषणा गर्दा हासो र व्यंग्यको पात्र बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा पुगेर हावाबाट उत्पादित बिजुलीको उद्घाटन गरेका छन् ।

मुस्ताङको जोमसोममा हावाबाट उत्पादन भएको बिजुलीको औपचारिक प्रसारण आरम्भ गर्न ओली हेलिकोप्टरबाट गएका थिए । उनलाई हावाबाट बिजुली निकाल्ने कम्पनी बुद्ध पावर प्रालिले जोमसोम लगेको हो ।

हावाबाट उत्पादित बिजुलीको आरम्भ गर्दै अध्यक्ष ओलीले मुस्ताङ मात्रै नभएर नबलपरासी र हेटौंडामा पनि हावाबाट बिजुली उत्पादन गर्न सकिने बताए । उनले आफूले पूरा नहुने सपना जनतालाई कहिल्यै नदेखाएको बताए ।

आफ्नो योजनालाई हावामा उडाउनेहरुलाई मुस्ताङमा हावाबाट बिजुली उत्पादन भएको हेर्न ओलीले आग्रह गरे । बुद्ध पावर प्रालिको पहलमा गत बर्षको बैशाखदेखि शुरु गरिएको निर्माण कार्य १६ महिना पछि सम्पन्न भएको प्रबन्ध निर्देशक पुष्पराज तिमल्सिनाले बाए ।

अहिले ३ किलोवाट उत्पादन गर्न सकिने क्षमताको सो आयोजनाबाट जोमसोममै हावाबाट ४० मेघावाटको बिजुली उत्पादन गर्ने लक्ष्य रहेको उनले सुनाए । हावाबाट बिजुली निकाल्ने ओलीको सपना भएकाले ओलीकै हातबाट उद्घाटन गरिएको उनको भनाई थियो ।

यसअघि, पुर्वप्रधानमन्त्री ओलीले जोमसोमको कोरला सिमाना, सडकको अवस्था र सीमा क्षेत्रको अवलोकन गरेका थिए । उनले कोरोला नाका चाँडै सन्चालनमा आउने र यसबारेमा आफूले चीनिया पक्षसँग कुरा गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment