Comments Add Comment

यस्तो थियो बलिउडकर्मीको बिवाहको रोचक किस्सा

बलिउड सेलिब्रेटीको बिवाहसँग जोडिएका केही रोचक किस्सा छन् । सुरु गरौ, सुनिल सेट्टीबाट । त्यसो त अहिले सुनिलको छोरा पुस्ताले बलिउडमा इन्ट्री गर्दैछन् । यद्यपी उनको चमक बलिउडबाट अझै हटिसकेको छैन । फिल्मी करियरलाई बिट मारेर व्यपार व्यवसायमा हात हालेका सुनिलको लक्जरी लाइफस्टाइलले बेलाबखत चर्चा पाउने गर्छ ।

आज उनले ५६ औं जन्मदिन मनाउँदैछन् । बर्थ डे ब्वाईको बिवाहको किस्सा रोचक छ । १९९१ मा सुनिलले माना कादरीसँग बिवाह गरेका थिए । बिवाहमा उनले मानालाई एक बीएमडब्ल्यु कार उपहार दिएका थिए । त्यस कारको पछाडि उनले बिएमडब्ल्युको पूर्ण वाक्य बनाएर देखाएका थिए, बि माइ वाइफ (बिएमडब्ल्यु) ।

शिल्पाले काटेकी थिइन् ९ तहको केक

अभिनेत्री शिल्पा सेट्टी यतिबेला योगको कारण बढी चर्चामा छिन् । उनै शिल्पाले २००९ मा राज कुन्द्रासँग बिवाह गरेकी थिइन् । बिवाहमा शिल्पाले भारु ५ लाख रुपैयाँको लेहेंगा लगाएकी थिइन् । उनको ज्वेलरी मात्र भारु ३ करोड रुपैयाँको थियो । रमाइलो त के भने, उनीहरुको बिवाहमा राज र शिल्पाले ८० किलोको केक काटेका थिए, जो नौ तहको थियो ।

 

बिवेकको बिहेमा भारु ७ हजार रुपैयाँको वेडिङ कार्ड

अभिनेता बिवेक ओबराय र प्रियंका अल्वाको २०१० मा बिवाह भएको थियो, बेलगुरुको एक पाँच तारे होटलमा । उनीहरुको बिवाहको नौलो बिशेषता थियो, वेडिङ कार्ड । एक कार्डको मूल्य करिब भारु ७ हजार रुपैयाँ थियो, जो हातले बनाइएको थियो । साथै एकदमै वातावरणमैत्री थियो । त्यसलाई एक ज्वेलरी बक्समा राखिएको थियो । बक्समा कार्डसँगै पेन्टिङ, चकलेट र कार पार्किङको पास राखिएको थियो ।

पीपलको रुखसँग बिवाह गरेकी थिइन् ऐश्वर्यले

बलिउडको हट जोडी मानिन्छ, अभिषेक बच्चन र ऐश्वर्य रायलाई । उनीहरुको बिवाह यति धुमधाम भएको थियो कि, त्यसलाई लाखौंले टेलिभिजनमार्फत प्रत्यक्ष हेरेका थिए ।

उनीहरुको रिपेश्सनमा करिब ५ सय आगन्तुक सामेल भएका थिए । त्यस क्रममा आकासबाट फूल बर्षाउनका लागि हेलिकप्टर हायर गरिएको थियो । उनीहरुको बिवाहको किस्सा त यो छ कि, ऐश्वर्यको मांगलिक दोष मेटाउनका लागि अभिषेकभन्दा अघि उनको पीपलको रुखसँग बिवाह गराइएको थियो ।

सय बर्ष पुरानो रुखको मुनी बिहे

अनुराग कश्यप र कल्की कोअलिनको बिवाह २०११ मा भएको थियो । उनीहरुको बिवाह धुम धडका भएन । यद्यपी बिवाहको रोचक किस्सा त यो छ कि उनीहरुले १ सय बर्ष पुरानो रुखको मुनी सात फेरो लिएका थिए । भनिहालौ, बाल्यकालमा कल्की त्यही रुखमा खेल्थिन् । अहिले दुबै अलग भइसकेका छन् ।

२० दिनको बिवाह

ऋषि कपुर र नीतु सिंहको बिवाह १९८० मा भएको थियो । त्यस बिवाहलाई उक्त समयमा बलिउडकै सबैभन्दा ग्रान्ड बिवाह मानिएको थियो । बिवाहको कार्यक्रम आरके स्टुडियोमा चलेको थियो, लगातार २० दिनसम्म । बिवाहको रिसेप्सन पनि स्टुडियोमा भएको थियो । उनीहरुको बिवाहमा नुरसत फतेह अली खानले प्रस्तुती दिएका थिए । त्यही प्रस्तुतीपछि नुरसतलाई बलिउडमा गाउने अवसर मिलेको थियो र फेमस भएका थिए ।

फिल्मको प्रिन्ट गिफ्ट

सैफ अलि खानकी आमाबुवा शर्मिला टैंगोर र मंसुर अली खानको बिवाह १९६९ मा भएको थियो । उनीहरुको बिवाहमा प्रख्यात निर्देशक सत्याजीत रेले गिफ्ट दिएका थिए । उनले सर्मिलालाई फिल्म आपुर संसारको १६ एमएमको प्रिन्ट दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment