Comments Add Comment

जिसस मुस्ताङको प्रमुखमा एमालेकी छिरिङ ल्हामो गोला प्रथाबाट निर्वाचित

२९ साउन,जोमसोम । मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा गोला प्रथाबाट नेकपा एमालेकी छिरिङ ल्हामो गुरुङ निर्वाचित भएकी छन् ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका राजेन्द्र शेरचन निर्वाचित भएका छन् ।

मुस्ताङ जिल्ला समन्वय समितिको कांग्रेसका ४, एमालेका तीन र स्वतन्त्र एक मतादाता थिए । स्वतन्त्रबाट दालोमो गाउँपालिका अध्यक्ष जितेका राजु विष्टले एमालेलाई समर्थन गरेपछि बराबरी मत भयो ।

गोला तान्दा एमालेकी छिरिङ ल्हामो प्रमुख भइन् । दलहरुको सहमति अनुसार प्रमुख सहित ५ सदस्य एमालेले र उपप्रमुख सहित ४ सदस्य कांग्रेसले पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment