Comments Add Comment

एनआरएन चीनको अध्यक्षमा नवीन बिकले प्रदीप न्यौपानेलाई समर्थन गर्ने

अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी)मा नवीन बिक जाने

गैरआवासीय नेपाली संघ एनआरएको बिश्व सम्मेलन नजिकदै गर्दा संसारभरका देशमा एनआरएको नयाँ नेतृत्व चयनको लागि ब्यापक चुनावी माहोल बनेको छ ।

यस्तोमा संसारकै ठुलो भौगोलिक बनावट र अर्थतन्त्रको देश चीनमा आगामी अगस्ट २६ तारिखको दिन गोनजाउ शहरमा चुनावको मिति तोकिएको छ ।

चुनावको मितिभन्दा धेरै पहिला देखिनै अध्यक्ष पदका प्रबल दावेदार तथा बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष नबिन बिकले प्रदीप न्यौपानेलाई समर्थन गरेका छन् । बिक भन्छन, ‘अहिले संसार भर नै पदकै लागि झगडा, गुट उपगुट बनाएर संस्थालाई नै जीर्ण र शिथिल बनाउने काम भएको छ ।’ उनले थपे, ‘त्यसैले हामीले ब्यक्तिगत स्वार्थ भन्दा पनि संस्थाको हितको लागि सोच्न र निर्णय लिन सक्नु पर्छ, संस्था स्वच्छ र बलियो भए नै समाजलाई संस्थाले योगदान दिन सक्छ, त्यसैले पदकै लागि भनेर संस्थालाई कमजोर बनाउनु हुदैन, हाम्रो अलिकति बलिदान ले संस्था र समाजलाई फाइदा हुन्छ भने किन नगर्ने ?’

उनीसँग २ कार्यकाल कोषाध्यक्ष र २ कार्यकाल उपाध्यक्षमा रहेर काम गरिसकेको अनुभब छ । संस्थालाई सुढृद बलियो र सक्षम बनाउनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय समितिको बीचमा पुलको भुमिका खेलेर अन्तर्राष्ट्रिय केन्ऽीय सदस्यको पदमा रहि सहयोग गर्न न्यौपानेले अनुरोध गरेका थिए ।

जित्ने आधार के के हुन?

नवीन भन्छन, ‘हामी संस्थाको लागि १ दशकदेखि निस्वार्थ भावनाले यही समाजमा लागेका ब्यक्ती हौं, हामीले बिदेशी रोजगारको सिलसिलामा आएर अलपत्र परेका, ग्वान्जाओमा आएर बिरामी परेका, भिषा अवधि सकिएका नेपालीहरुलाई धेरै सहयोग गरेका छौ, नेपालको बृद्द आश्रम, बिद्यालय तथा भुकम्प पीडितहरुलाई समेत राहत प्रदान गरेका छौं ।’

‘मुख्यकुरा ग्वान्जाओका ८० प्रतिशत जनसमुदायले पूर्ण रुपमा हामीलाई नै समर्थन दिएको अवस्था छ, भुपु अधक्ष्यहरु ,सल्लाहकार र पुराना कार्यसमिति तथा बर्तमान कार्यसमीतीका सम्पुर्ण साथीहरुले नै प्रदीप न्यौपानेको समर्थन गरेका छन् ।’

को हुन प्रदीप न्यौपाने ?

नुवाकोटमा जन्मिएका प्रदीप अहिले काठमाडौका स्थायी बासिन्दा हुन् र ब्यापार को शिलशिलामा १५ बर्ष पहिला चीनको ग्वान्जाओ पुगेका हुन।उनले तयारी पोशाक, जुत्ता, भवन सामग्री फर्निचर लगायतका सामानहरु नेपाल, भारत लगायत बिभिन्न देशमा निर्यात गर्छन । उनले २००९ देखि कार्यकारी सदस्यमा बसेर संस्थामा सेवा दिन सुरु गरेका थिए । सचिवका रुपमा उनले दुई कार्यकfm पूरा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment