बिहीबार, ८ भदौ, २०७४
OnlineKhabar.com

बाढी पीडितलाई भेटेर गृहमन्त्रीले भने- संयम भएर बस्नुस्

दिर्घकालिन योजना बनाएर सुरक्षित ठाउँमा ब्यवस्थापन गर्ने प्रतिबद्धता

अनलाइनखबर

२९ साउन, कोहलपुर । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बाँके र बर्दियाको बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । उनले बाढी पीडितलाई भेटेर तत्काल राहत तथा उद्धारका कार्यक्रम सञ्चालन गर्ने भन्दै संयम भएर बस्न अनुरोध पनि गरेका छन् ।

बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न गृहमन्त्री शर्मा सहितको टोली आइतबार बिहान बाँके पुगेको छ । उनले लक्ष्मणपुर बाँधका कारण डुबानमा परेको राप्ती सोनारी गाउँपालिकाका बाढी पीडितहरुलाई भेटेका छन् । भेटमा मन्त्री शर्माले तत्काल राहतका कार्यक्रमहरु सञ्चालन गरिने बताएका हुन् । साथै बाढी प्रभावित क्षेत्रका जनताका लागि दिर्घकालिन योजना बनाएर सुरक्षित स्थानमा ब्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता समेत उनले जनाएका छन् ।

बाँके आएलगत्तै गृहमन्त्री शर्माले जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरुलाई भेटेर राहत तथा उद्धार कार्यमा खटिन निर्देशन दिएका थिए ।

अविरल वर्षाका कारण देशभर जनधनको क्षति बढ्न थालेपछि शनिबार गृहमन्त्री प्रभाकरको नेतृत्वमा आकस्मिक बैठक बसी केन्द्रीय कमाण्ड पोष्ट गठन गरिएको  थियो ।

-संगिन शर्माबाट

२०७४ साउन २९ गते १३:०० मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • राष्ट्रीय खेल ; पौडी । लेख्नुहुन्छ    |   २०७४ साउन २९ गते १४:४४

    संयम् भएर बस्नुहोस्, हाम्रो प्रभू दिल्लीले हाम्रा खोलानालाका ठूला बाँधका ढोकाहरू नखोलेसम्म जसोतसो तैरिएर बस्नु।
    भारतले बाँधका ढोकाहरू खोलेर पानीको सतह घट्नासाथ नेपाल सरकारले उद्दार कार्यक्रम संचालन गर्ने छ। अहिले गर्नलाई अलि संभव भएन किनकि भारतले ढोका नखोलेसम्म केहि हुनेवाला छैन।
    अस्ति भर्खर दिल्लीले दुई नेतालाई धाप मारेर गएको छ, उस्को योजनामा चलेको हुनाले।
    भगवान् सम्झनुस्, तैरिएर बस्नुस्। नेपाल सर्कार ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this