Comments Add Comment

बिराटनगर महानगरमा १३०० घर डुबानमा, पीडितले पानीसमेत पिउन पाएनन्

२९ साउन, मोरङ । मोरङको विराटनगर महानगरपालिकामा १ हजार ३ सय घर डुबानमा परेका छन् । मोरङ जिल्लाभर २ हजार ३ सय घर परिवार डुबानमा परेको अनुमान छ ।

डुबान क्षेत्रबाट ३०० परिवारका ८०० जनाको उद्धार गरिएको छ । पीडितले पानीसमेत पिउन पाएका छैनन् ।

महानगरपालिकाको ८० प्रतिशत भूभाग डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ । बाढी र डुबानका कारण खानेपानीको आपूर्ति बन्द छ । दुई दिनदेखि विद्युत आपूर्ति समेत अवरुद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment