Comments Add Comment

गण्डक नहरका २१ ढोका खोलियो, उच्च सतर्कता अपनाउन निर्देशन

२९ साउन, नवलपरासी । लगातारको वर्षाले नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि गण्डक नहरका २१ वटा ढोका खोलिएको छ । नारायणीमा खतराको संकेत नदेखिए पनि पानीको बहाव क्रमशः बढ्दै गएकाले गण्डक ब्यारेजका ढोका खोलिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए ।

त्यस्तै भारतमा पानी लैजाने नहरमा समेत पानी रोकिएको छ । नहरको बाँध गुठीसूर्यपुराको पर्सा भन्ने स्थानमा भत्किन थालेपछि दुईवटा ढोका बन्द गरेर पानी रोकिएको हो ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी र इलाका प्रशासन कार्यालय कावासोतीले नारायणी नदी छेउँका बासिन्दालाई उच्च सतर्कता अपनाउन सूचना जारी गरेका छन् । नदी किनारमा घर भएका बासिन्दाहरुलाई सुरक्षित स्थानमा जान भनिएको छ । त्यस्तै सुरक्षा निकायलाई उद्दारका लागि आवश्यक तयारीसहित उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले निर्देशन दिएको छ ।

यसैबीच नवलपरासीको कावासोती नगरपालिका- १७ मा रहेको अमलटारी क्षेत्र डुबानमा परेको छ । यस क्षेत्रमा अमलटारीमा नारायणी प्राविसहित करिब ५० घर डुबानमा परेको स्थानीय बासिन्दा सालिकराम भट्टराईले बताए ।

त्यस्तै मध्यविन्दु नगरपालिका ३ ब्रम्हस्थानमा नारायणी नदी किनार खोलिएका नाना होटल, ग्लोबल ह्याचरी र राइनो कटेज होटेल पनि डुबानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment