Comments Add Comment

प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराउन श्रम समितिको सरकारलाई ध्यानाकर्षण

२९ साउन, काठमाडौं । व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आइतबार बसेको बैठकले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण देशका विभिन्नमा भागमा दर्जैनौको ज्यानसमेत गएकोमा गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।

बाढी, पहिरो र डुवानबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल राहत, उद्धार र क्षेतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति जुठबहादुर टुहुरे खड्गीले

बैठकमा समितिका सदस्यहरुले वर्षा लगातार आउने सूचना मौसम पूर्वानुमान शाखाले दिएपनि सरकारले त्यसबाट हुने क्षति न्यूनीकरणका लागि सतर्कता नअपनाएको भन्दै आलोचनासमेत गरेका छन् ।

समितिका सदस्यहरुले भारतीय बाँधका कारण नेपाली भूमि बढी डुवान भएको दावी गर्दै तत्काल हवाई गस्ती गरी त्यहाँको अवस्थाबारे अध्ययन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment