Comments Add Comment

उल्झन लिएर आए हेमप्रभास

२९ साउन, काठमाडौं । कवि हेमप्रभासको उपन्यास ‘उल्झन’ बजारमा आएको छ । नायक राजेश हमालको प्रमुख आतिथ्यमा वरिष्ठ पत्रकार युवराज घिमिरे, डा. नवराज लम्साल र कवि एवम् समालोचक महेश पौड्यालले शनिबार संयुक्तरुपमा पुस्तकको लोकार्पण गरे ।

पुस्तकमाथि बोल्दै नायक हमालले उल्झन उपन्यासले युवाहरुको वर्तमान मनोदशा र देशको समसामयिक अवस्थालाई चित्रण गरेको बताए । आफू पनि यस्तै कथामा चलचित्र निर्देशन गर्न लालायित रहेकोसमेत उनले उल्लेख गरे ।

‘उपन्यासमा समग्र युवाको भावना, समाज, परिवेश तथा मानिसहरुको जीवनशैलीको यथार्थ चित्रण गरिएको छ,’ हमालले भने ।

समय-समयमा समाजमा घटेका हरेक घटनालाई सहजरुपमा साहित्यिक अभिव्यक्ति दिनु, जीव र जीवनलाई नजिकबाट बुझ्न सक्ने बनाउनु उल्झन उपन्यासको सकारात्मक पक्ष रहेको उनको भनाई थियो ।

वरिष्ठ पत्रकार युवराज घिमिरेले साहित्यमा जति अराजकता पत्रकारितामा पनि भएको उल्लेख गर्दै समाजमा भएको अराजकताको विपक्षमा उपन्यास केन्द्रित रहेको बताए । उनले अगाडि भने, ‘वर्तमान समाजको परिकल्पना, विस्थापनजस्ता सम्पूर्ण कथाहरुको सही प्रयोग नै उल्झन हो भने निराशाभित्रको आशा नै उपन्यासको भाव हो ।’

जीवनलाई लुँडोको सापेक्षतामा हेर्नु उपन्यासको रोचक पाटो हो भन्दै उनले सम्पूर्ण समाजको चस्मा उल्झन उपन्यास रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment