Comments Add Comment

नयाँ मतपत्र छापेर राजपालाई चुनाव चिन्ह दिन सरकारको आग्रह


२९ साउन, काठमाडौं । सरकारले नयाँ मतपत्र छापेर भएपनि राष्ट्रिय जनता पार्टीलाई एउटा चुनाव चिन्ह दिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

राजपाका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका नेता र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई संयुक्त रुपमा भेटेर चुनाव चिन्ह माग गरेका हुन् ।

निर्वाचन आयोगले राजपाले मागेको छाता चुनाव चिन्ह कानुन संशोधन नभएसम्म दिन नसकिने बताएको छ । तर, एकता प्रक्रियामा आएका छ दल मध्ये एकको चुनाव चिन्ह दिन सकिने प्रमुख आयुक्त यादवले बताए ।

एक नेताका अनुसार राजपाले आफूहरुले एउटा चुनाव चिन्ह लिएपनि अरु पनि मतपत्रमा कायमै रहने र आफ्नो धेरै भोट बदर हुने बताएको छ ।

बैठकमा सत्तारुढ दलका नेताहरुले नयाँ मतपत्र छापेर एउटै चुनाव चिन्ह दिन आयोगलाई आग्रह गरेका छन् । प्रमुख आयुक्त यादवले भने यसबारे कानुनी लगायतको परामर्श गरेर भोलिसम्म जवाफ दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment