Comments Add Comment

बाढीपीडितका लागि एक करोड ९८ लाख निकासा

२९ साउन, काठमाडौं । गृह मन्त्रालयले बाढी पहिरो र डुबान पीडितको उद्धार तथा राहतका लागि एक करोड ९८ लाख रुपैयाँ निकासा गरेको छ । सो रकम बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा पठाइने छ ।

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बाढी र डुबान प्रभावित क्षेत्रको अवलोकन गरेर काठमाडौं फर्किएलगत्तै रकम निकासा गरिएको हो । गृहमन्त्री शर्मा र सुरक्षा अंगका प्रमुखसहितको टोलीले आइतबार पूर्वी तथा पश्चिम नेपालका बाढी प्रभावित जिल्लाको निरीक्षण गरेको छ ।

डिआईजीको नेतृत्वमा कमाण्ड पोष्ट गठन

यसैगरी गृहमन्त्रालयमा प्रहरी नायव उपरीक्षक डिआईजीको नेतृत्वमा कमाण्ड पोष्ट गठन गरिएको छ । सो पोष्ट चौबिसै घण्टा खुल्ला रहने छ । यसले देशभरबाट सूचना संकलन, विश्लेषण र समन्वय गरी प्रतिवेदन तयार पारेर सरकारलाई दिनेछ ।

यसैगरी बाढी डुबान क्षेत्रमा खोज तथा उद्धारका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खोज उद्धार तथा राहत टोली गठन गरिएको छ ।

गृहमन्त्रालयले मनसुन अवधिभर जिल्ला नछाड्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । यस्तै जिल्लाका कुनै पनि कर्मचारीलाई काज वा बिदा बस्न रोक लगाइएको छ ।

गृहमन्त्री शर्माको निर्देशनमा नेपाली सेनाको हेलिकोप्टरबाट चितवनको भरतपुर-२३ को जगतपुर विद्यालयमा बसिरहेका बालबालिकासहित ४०० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

यो पनि पढ्नुहोस्
कर्मचारीलाई गृहको निर्देशन- मनसुन अवधिभर जिल्ला नछाड्नू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment