Comments Add Comment

यो हो विश्वकै सानो सुनको झण्डा

विश्वकै सबैभन्दा सानो आकारको दाबी गरिएको सुनको झण्डाको आकार यति सानो छ की यसलाई तपाइँ सियोको प्वालबाट समेत निकाल्न सक्नुहुन्छ ।

भारतको राजस्थानस्थित उदयपुरका एक व्यक्तिले सबैभन्दा सानो आकारको भारतीय झण्डा निमाएण गरेका छन् ।

सुक्ष्म कालिकढ इकबाल सक्काले भारतको ७० औँ स्वतन्त्रता दिवसको वर्षगाँठका अवसर पारेर उक्त सुनको झण्डा तयार पारेका छन् ।

विश्वकै सबैभन्दा सानो सुनको झण्डाको रुपमा गिनिज बुकमा नाम लेखाउने योजना उनको छ । अहिलेसम्म सबैभन्दा सानो राष्ट्रिय झण्डाको किर्तिमान क्यानडाको नाममा छ ।

इकबालले बनाएको यस झण्डा जम्मा ०.५ मिलिमिटर रहेको छ । यो यति सानो छ की १२ नम्बरे सियोको प्वालबाट समेत छिराउन सकिन्छ ।

आफ्नो झण्डलाई भारत सरकारले राष्ट्रिय संग्राहलयमा राखोस् भन्ने चाहना इकबालको छ ।

स्मरण रहोस् सुन कालीगढ इकबालले यसअघि विभिन्न ५२ वटा विश्व किर्तिमान राखिसकेका छन् ।

सन् १९९१ मा उनले सबैभन्दा सानो सुनको सिक्री बनाएर किर्तिमान राखेका थिए । त्यस्तै सन् २००४ मा सबैभन्दा सानो चिया पकाउने कित्ली बनाएका थिए । सन् २००९ मा विश्वकै सानो सुनको स्टाम्प बनाएका थिए ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment