Comments Add Comment

पाँच रुपैयाँको नयाँ नोट साउन ३१ बाट चलनचल्तिमा आउने

हाल चलनचल्तिमा रहेको नोट

३० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले यही मंगलवारबाट ५ रुपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ ।
हालको नोटमा रहेको जस्तो तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा रहने छैन् ।

यसको सट्टामा भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र रहेको छ ।

त्यस्तै, सगरमाथाको चित्रको विकल्पमा हुम्लाको लिमि क्षेत्रको हिमाल, साविकका याकहरुको सट्टामा वन्य याक राखिएको छ ।

यी नोटमा संकेत नम्बर ढ/६६ ०००००१ देखि थ/४५ ९९९९९९ सम्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment