Comments Add Comment

चोरले यस्तो चिज चोरेपछि भयो लाजमर्नु…

चोरले हाम्रा केही चिज चोर्यो भने पिर पर्छ, सातो पुत्लो उड्छ । तर आयरल्याण्डकी लीसा कोएनलाई भने आफ्नो चिज चोरी हुँदा समेत त्यस्तो कुनै दुख लागेन । उल्टै मज्जा आयो ।

राजधानी डब्लिनमा ट्रामबाट यात्रा गरिरहेको बेला चोरले उनको यस्तो चिज चोर्यो की उनलाई रिस उठेन, उल्टै हाँसो उठ्यो ।

वास्तवमा चोरले उनको गोजीबाट रजस्वला हुँदा लगाउने प्याड चोरेको रहेछ । जब चोरले उनको गोजीबाट झिकेको चिज रजस्वला हुँदा लगाउने वस्तु हो भन्ने थाहा पायो, ऊ मनमनै निकै लज्जित भएछ । त्यसपछि उसले त्यो वस्तु पुनः लिसाकै गोजीमा राखिदिने कोसिस गर्यो । तर त्यसबेला सम्म लिसाले आफ्नो प्याड चोरले चोरिसकेको र चोरले पुनः आफ्नो गोजीमा राखिदिने प्रयास गरिरहेको पत्तो पाइसकेकी थिइन् ।

ट्राममा उक्त चोरलाई उनले के भनिन् भन्ने त खुलाएकी छैनन् । तर उनले पछि यसबारेमा खुलासा गर्दै टि्वट गरेकी छिन् । टि्वटमा उनले लेखेकी छिन्ः त्यस चोरका लागि मैले प्रार्थना गर्दछु जसले पकेटमारी गरेर मेरो ट्याम्पोन निकाल्यो अनि लज्जित महसुस गर्दै पुनः मेरो गोजीमै राखिदिने कोसिस गर्न थाल्यो ।

उनले अगष्ट ६ मा गरेको उक्त टि्वट निकै चर्चित बनेको छ । ८ हजार भन्दा धेरैले रिट्वीट गरेका छन् भने झण्डै ३५ हजारले लाइक गरेका छन् ।

लिसाले यस्तो ट्वीट गरेपछि अन्य टि्वटेहरुले पनि चोरीमा परेको आफ्नो अनौठो अनुभव शेयर गर्न थाले । त्यसमध्ये एक महिलाले लेखेकी छिन्ः जब मैले मेरो बच्चालाई ट्याक्सीबाट झार्दै थिएँ तब मेरो ब्याग चोरी भयो । हामी घर फर्किरहेका थियौँ र उक्त ब्यागमा प्रयोग भैसकेका न्यापकिन मात्र थिए ।

एक अर्की महिलाले लेखेकी छिन्ः मेरो एकजना विद्यार्थीले मेरो झोलाबाट रिवार्ड स्टिकर चोरी गर्ने कोसिस गरेको थियो तर उसले रजश्वला हुँदा प्रयोग गर्ने सामान हात पार्‍यो ।

अर्का एकजना व्यक्तिको अनुभव अझै गज्जबको रहेछ । उनी भन्छन्ः मेरो भाइको साथीले झोलामा दिसाको नमूना लिएर ल्याब जाँदै रहेछ । बाटोमा एकजना चोरले उसको हातबाट झोला खोसेर बाइकमा चढेर फरार भएछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment