Comments Add Comment

चीनले उत्तर कोरियाको सि फुड र फलाममा प्रतिबन्ध लगायो

बेइजिङ । अमेरिकासँग भिडन्तको मुडमा रहेको उत्तर कोरियालाई चीनले पनि साथ छोड्दै गएको छ । हालै चीनले चालेको एउटा कदमले उत्तर कोरियालाई थप चिन्तामा पार्नेर्छ ।

चीनले उत्तर कोरियाबाट कोइला, फलाम, कच्चा फलाम, लिड, कच्चा लिड र सिफुड आयातमा प्रतिवन्ध लगाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले मंगलबारदेखि लागू हुने गरी यस्तो प्रतिवन्ध लगाएको हो ।

यो प्रतिवन्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव २३७१ अनुरुप रहेको मन्त्रालयको भनाई छ ।

सुरक्षा परिषदले गत ५ अगष्टमा प्रस्ताव २३७१ लाई सर्वसम्मतिले पारित गरेको थियो । सो प्रस्तावमा गत ३ जुलाई र २८ जुलाईमा उत्तर कोरियाले गरेको दुई अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको जवाफस्वरुप संयुक्त राष्ट्रसंघले थप प्रतिवन्धहरु लगाउने उल्लेख छ ।

ब्यालिस्टिक क्षेप्यास्त्रको जवाफमा लगाइएको यो अहिलेसम्मकै कडा प्रतिवन्ध हो । उत्तर कोरियाविरुद्ध राष्ट्रसंघले यस्तो प्रतिबन्ध लगाइरहँदा चीनले पनि साथ दिएको थियो । यसबाट कोइला, फलाम, कच्चा फलाम, लिड, कच्चा लिड र सिफुडमा पूर्ण प्रतिवन्धसहित उत्तर कोरियाको प्रमुख निर्यातमा ठूलो धक्का पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment