Comments Add Comment

तराईको बाढी: चार कारण, तीन समाधान

रोकथामका स्थायी उपायको खोजी

नेपालको पहाडमा पहिरो र तरार्इमा बाढी पछिल्ला केही वर्षयता हरेक वर्ष आउने नियमित प्राकृतिक प्रकोप बनिसकेको छ । हरेक वर्ष यसबारेमा चर्चा हुने गर्छ । तर, त्यतिखेर, जब बाढीले आफ्नो विकराल स्वरूप देखाउँछ । बाढी सकिँदै गएसँगै यस्ता चर्चा पनि विस्तारै सेलाउँदै जान्छ, फेरि अर्को वर्ष दोहोरिने गरी !

विगत केही समयदेखि नै चलिरहेको यस क्रमलाई क्रम भंग गर्न के गर्न उपयुक्त होला ? यस सम्बन्धमा चर्चा गर्नुपूर्व केही यथार्थ कुराको विश्लेषण गरौँ ।

तरार्इमा आउने बाढी विगतको तुलनामा अझ भयावह बन्दै गएको छ । यस वर्षमात्रै एक हप्तामा करिब सयौंको संख्यामा मानिसले ज्यान गुमाउनु परेको अवस्था सरकारी तथ्यांकले देखाउँछ । लगातार बढ्दै गइरहेको यस विपदलार्इ केलाउँदा एउटा कुरा के देख्न सकिन्छ भने बाढी को प्रकोप विगत केही दशकयता झन् उग्र भएर आइरहेको छ । यसका कारणहरु के के हुन सक्छन् ? तलका बुँदाहरुमा यसबारे छलफल गर्ने प्रयास गरिएको छ ।

बर्सेनि बढ्दै गैरहेको बाढीका चारवटा कारकतत्व यस्ता छन्

  • वन जंगलको बिनास

“हरियो वन नेपालको धन” भन्ने नारा सुन्न छोडेको दशकौ भयो । चुरे लगायत क्षेत्रमा पहिले घना जंगल थियो । अझ चुरेको फेदीदेखि दक्षिणको समथर भूभागमा करिब चार कोष अर्थात १२ देखि १५ किलोमिटरको चौडाइमा नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको घना जंगललार्इ चारकोसे झाडी भनेर चिनिन्थ्यो ।

एकातिर वन विनाशले तरार्इमा बर्सेनी बाढी ल्याउने काम गरिरहेको छ भने अर्कोतिर चुरे, भावर र तरार्इको उत्तरी भेगमा माटोले पानी सोस्न पर्याप्त समय नपाएकै कारण जमिनमुनिको पानीको सतह बर्सेनी घट्दै गइरहेको छ

चारकोसे झाडीले पहाडमा परेको पानीलार्इ सोझै तरार्इमा आउनबाट रोक्ने काम गर्दथ्यो । जंगलमा परेको पानीलार्इ झारपात, रुख, जरा आदिले सजिलै बग्न दिदैंन र बगाइको बेगलार्इ सुस्त पार्ने काम गर्दछ ।

पानी विस्तारै बग्दा बाढीको सम्भावना कम रहन्छ । यसका अतिरिक्त धेरैबेरसम्म पानी जंगलमा रहँदा जमीनले सोस्ने समय बढी पाउँछ र यसबाट कमै मात्र पानी बाढीका रुपमा तल्लो क्षेत्रमा पुग्न पाउँछ ।

 

अहिले चारकोसे झाडीको विनाशसँगै उत्तरी भेगमा परेको पानी बिना अवरोध सोझै तरार्इसम्म पुग्छ र बाढीको रुप धारण गर्छ । यसरी एकातिर वन विनाशले तरार्इमा बर्सेनी बाढी ल्याउने काम गरिरहेको छ भने अर्कोतिर चुरे, भावर र तरार्इको उत्तरी भेगमा माटोले पानी सोस्न पर्याप्त समय नपाएकै कारण जमिनमुनिको पानीको सतह बर्सेनी घट्दै गइरहेको अवस्था छ । यसले सुख्खायाममा पानीको उपलब्धतालार्इ सीमित तुल्याउँदै गइरहेको छ ।

  • तरार्इमा भूउपयोगको स्थितिमा परिवर्तन

विगतमा तरार्इ नेपालको अन्न भण्डारको रुपमा चिनिन्थ्यो । यहाँका अधिकांश भूमिमा खेती हुने गर्दथ्यो । खेती गर्न सिंचाईको आवश्यकता हुने हुँदा यहाँ परम्परागत कुलो, पैनी आदिको सञ्जाल फैलिएको थियो, जुन पछिल्ला वर्षहरुमा समाप्त प्राय: भैसकेका छन् ।

खेती गरेर पेट पाल्न नसक्ने भएपछि विकल्पका रुपमा यहाँका बासिन्दा विदेशमा रोजगारीका लागि जान बाध्य भए । यसले एकातिर खेत बाँझो भर्इ देश कृषिमा परनिर्भर भयो भने अर्कोतिर भइरहेका कुला नाला निमिट्यान् भए

वस्ती विस्तार, जनसंख्याको अत्यधिक चापका कारणले, खेती योग्य जग्गा जमिन सकिँदै गएको अवस्था छ । भएका जग्गा जमिनमा पनि खेती गर्न सजिलो नरहेको अवस्था छ । परम्परागत लघु सिंचाई व्यवस्था को अन्त्यसँगै सिंचाइको अभावले गर्दा र अझ समयमा बिउ बिजन, मलखाद आदिको अभावले गर्दा कृषि नाफामूलक रहेन ।

खेती गरेर पेट पाल्न नसक्ने भएपछि विकल्पका रुपमा यहाँका बासिन्दा विदेशमा रोजगारीका लागि जान बाध्य भए । यसले एकातिर खेत बाँझो भर्इ देश कृषिमा परनिर्भर भयो भने अर्कोतिर भइरहेका कुला नाला निमिट्यान् भए । परम्परागत कुलानालाले सिंचाइको साथसाथै बर्सातमा बाढीको पानीलार्इ सजिलै तल्लो तटीय क्षेत्रमा पुर्याउने काम गर्दथ्यो, जुन अब सम्भव नभएकै कारण बाढीको प्रकोप अझ भयावह हुन पुग्यो ।

  • जलयायु परिवर्तन को असर

ग्लोबल वार्मिङ र जलवायु परिवर्तनले नेपाल पनि अछुतो रहन सक्ने अवस्था रहेन । बर्सेनी बढ्दै गइरहेको वातावरणीय तापक्रमले अतिवृष्टि र अनावृष्टि जस्ता अप्राकृतिक घटनाक्रमलाई सहयोग पुर्याउने गरेको छ ।

यसैको फलस्वरूप नेपालमा पनि कहिले लामो समय पानी नपर्ने र कहिले छोटो समयमै ठूलो पानी पर्ने घटनामा वृद्धि हुँदै गइराखेको छ । बादल फाट्ने अत्यधिक न्यून चाप आदि जस्ता घटनाले छोटो समयमा नै ठूलो बर्षा गराएर बाढीको सम्भावनालार्इ विस्तार गर्दै लगिरहेको छ ।

  • दक्षिणतिर भारतीय सीमामा बाँधको प्रभाव

कोशी ब्यारेज, गण्डक ब्यारेज, लक्ष्मणपुर बाध, रसियावाल खुर्दलोटन बाँध, शारदा ब्यारेज लगायत दर्जनौं अन्य ठूलासाना बाँधका कारणले सीमान्त क्षेत्रका बासिन्दा बर्सेनी डुबानको समस्या भोग्न बाध्य छन् ।

यी बाँधहरुका आफ्नै फाइदा पनि होलान् । तर, बर्षायाममा यसले भारतीय सीमानासँग नजिक रहेका नेपाली जनतालार्इ डुबानको समस्यासँग जुध्न बाध्य पारेको छ । बिडम्बना के छ भने नेपाली राजनैतिक क्षेत्रमा यस्ता बाँधहरुको स्मरण  त्यत्तिखेर मात्र गर्ने गरिन्छ, जब जनता बाढीले आक्रान्त हुन्छन् ।

बाढीको प्रकोप नियन्त्रण सम्बन्धी उपायहरु

माथि उल्लेखित बाढीका कारकतत्वहरुलाई न्यूनीकरण गर्ने हो भने केही हदसम्म बर्सेनी आउने बाढी नियन्त्रण गर्न सकिन्छ । तर, यसका लागि केही तत्काल चाल्नुपर्ने कदमहरु छन् भने केही दुरगामी कदमहरु छन् । यस लेखमा दुरगामी प्रभाव पार्ने खालका बाढी नियन्त्रण सम्बन्धी उपायहरुबारे चर्चा गरिएको छ

१. सबैभन्दा पहिले बाढी निष्तेजीकरण सम्बन्धी नीति नियम बनार्इ कार्यान्वयन गर्नुपर्छ ।

भू–उपयोग नीति बनार्इ लागु गर्ने सम्बन्धमा सरकारले भर्खरै मात्र खेतीयोग्य जग्गालार्इ प्लटिंग गर्न नपाइने भनेको छ । यो एक महत्वपूर्ण कदम हो । तरार्इ र पहाडका सम्पूर्ण जग्गा जमीनलाई पहिला बैज्ञानिक वर्गीकरण गर्नु आजको आवश्यकता भइसकेको छ ।

सहरी बिकास तथा आवासका लागि उपयुक्त जग्गा, कृषिका लागि उपयुक्त जग्गा, औद्योगिक क्षेत्र निर्धारण, बन जंगल, सीमसार क्षेत्र, नदीनाला, तलाउ पोखरी आदि पानि जन्य क्षेत्रलार्इ छुट्याई सोहीअनुरुप विकास गर्ने नीति संसारका प्राय: सबै विकसित देशहरुमा पाइन्छ ।

नेपालमा पनि यस्ता क्षेत्र निर्धारण पटक्कै नभएका होइनन् । तर, कतिपय  अवैज्ञानिक थिए त कतिको कार्यान्वयन नभएर थन्किएको अवस्था छ । यसमा सुधारको खाँचो छ । साथै पहाडबाट तरार्इ तिर निरन्तर भइरहेको अनियन्त्रित बसाइँ सराइलार्इ समेत नियन्त्रण र निरुत्साहित गर्नु आजको टडकारो आवश्यकता हो ।

 

यसका लागि पहाडमै सुरक्षित बसाइको व्यवस्था, अवसरको सिर्जना र विकासको गतिमा बढावा दिने कार्यक्रमहरु अझ बढी मात्रामा सञ्चालन गर्ने हो भने तरार्इमा हुने बसाइ सराइ र जनसंख्या वृद्धिलार्इ रोक्न सकिन्छ ।

अवैध वनफँडानी गरी बसेका सम्पूर्ण अवैध आप्रवासीबाट तत्काल जमिन खाली गराई जंगल पुनर्स्थापना गर्ने कार्य आवश्यक छ । यसबाट एकातिर भविष्यमा समेत अवैध आप्रवासनलार्इ निरुत्साहित गर्न बल पुग्ने छ भने अर्कोतिर क्षय भएको वन जंगल पुनर्स्थापनामा बल पुग्ने छ ।

२. नदीको बहावलार्इ नियन्त्रित गरी सिंचाई र जलविद्युत विकासका साथसाथै बाढी नियन्त्रण गरिनुपर्छ ।

दुरगामी रुपमा देशको विकासका साथसाथै बाढी नियन्त्रण समेत गर्नका लागि मुख्य मुख्य नदीनालाहरुमा उच्च बाँध निर्माणका योजना बनार्इ कार्यान्यन गर्दा देशलार्इ विभिन्न किसिमले फाइदा पुग्ने छ ।

उदाहरणका लागि सप्तकोशी उच्चबाँध, सप्तगण्डकी उच्चबाँध, कर्णाली चिसापानी परियोजना आदि लगायतका विकास निर्माणका योजना लागु गर्नु उपयुक्त हुनेछ । सप्तकोशी उच्च बाँधले एकातिर जीर्ण बन्दै गइरहेको सप्तकोशी ब्यारेजमाथिको परनिर्भरतालार्इ निष्तेज गर्छ भने अर्कोतिर तरार्इको लाखौँ लाख हेक्टर कृषियोग्य जग्गालार्इ सिंचाईको पानी उपलब्ध गराउनेछ ।

यतिमात्र नभई यसबाट हज्जारौं मेगावाट जल बिद्युत उत्पादन समेत हुनेछ ।  बिगत एक दशकदेखि भारतसँग संयुक्त उपक्रमका रुपमा रहेको यो आयोजना लार्इ यथाशीघ्र दुर्इ देशलाई हित हुने गरी तत्काल अघि बढाउन जरुरी छ ।

नेपाल-भारतबीच विद्यमान कोशी सम्झौताले व्यवधान नपार्ने सुनकोशी-कमला डाइभर्सन अनि सुनकोशी-मरिनखोला डाइभर्सन जस्ता आयोजनालार्इ तत्काल अगाडि बढाउन सके बर्षातमा सप्तकोशीको बाढी नियन्त्रणका साथै हिउँदमा मध्य तरार्इका खेतियोग्य जमिन बाँझै राख्नु पर्दैनथ्यो ।

यस्तै विगत ५० वर्षदेखि थाती रहेको कर्णाली-चिसापानी परियोजना अगाडि बढाउन सक्नुपर्छ । यस्ता आयोजनाको सम्भावना हुनु देशकै लागि बरदान हो । तर, हामी अल्झिरहेका छौं के का लागि ? कुल १०८०० मेगावाट जल बिद्युत क्षमता रहेको यस आयोजनाले नेपालकै मुहार फेर्न सक्छ ।

नेपाल सरकारले अविलम्ब भारतसँग सार्थक वार्तालाप गरी सीमानामा रहेका बाँधहरुलार्इ विस्थापित गर्नेतर्फ कदम चाल्नुपर्छ

कर्णालीको बाढी नियन्त्रण त आयोजनाले आफैं दिने ‘बाइप्रोडक्ट’  हो यो आयोजनाको । तसर्थ अब नेपालले सम्भावित नदी परियोजनाहरु तत्काल कसरी अगाडि बढाउन सकिन्छ, यसबारेमा सोच्न ढिला भइसकेको छ । अन्यथा पेजरलार्इ मोबाइलले विस्थापित गरे झैं भोलिका दिनमा जल बिद्युतलार्इ कुनै अन्य उर्जाले विस्थापित गरेको खण्डमा हामी हेर्याहेर्यै हुने हो कि ?

साथसाथै सम्पूर्ण तरार्इमा वैज्ञानिक सिंचाई प्रणालीको विकास यथाशीघ्र गर्नु आजको आवश्यकता हो । यसले एकातिर कृषिक्षेत्रलार्इ व्यवसायिक बनार्इ नाफामूलक बनाउन मद्दत पुर्याउँछ भने अर्कोतिर बाढीको जोखिमलार्इ न्यूनीकरण गर्ने काम गर्छ ।

३. भारतसँग वार्ता गरी सीमान्त क्षेत्रमा हुने डुबान समस्याको स्थायी समाधान खोज्नुपर्छ ।

नेपाल सरकारले अविलम्ब भारतसँग सार्थक वार्तालाप गरी सीमानामा रहेका बाँधहरुलार्इ विस्थापित गर्नेतर्फ कदम चाल्नुपर्छ ।

(लेखक झा जलस्रोत क्षेत्रमा कार्यरत इञ्जिनियर हुन्)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment