Comments Add Comment

प्रहरी र साझा विवेकशील पार्टीका कार्यकर्तावीच ठेलाठेल (भिडियोसहित)

निषेधित क्षेत्र तोड्न खोजेको प्रहरीको आरोप

३१ साउन, काठमाडौ । तराईका बाढी पीडितको उद्धारमा विभिन्न दलहरु केन्द्रित भइरहेका बेला विवेशशील साझा पार्टीका कार्यकर्ताहरु मंगलबार नयाँ बानेश्वर चोकमा भेला भए ।

तर, विवेकशील साझा पार्टीका कार्यकर्ताहरु बाढी पीडितलाई राहत संकलनका लागि त्यहाँ भेला भएका होइनन् । उनीहरु मेडिकल माफियामाथि कारवाही हुनुपर्ने माग गर्दै अनसनमा बसेका डा. गोसिवन्द केसीको जीवनरक्षाका लागि त्यहाँ भेला भएका हुन् ।

नेपाल बन्द र यातायात अवरुद्ध जस्ता कार्यक्रमहरु नगर्ने बताउँदै आएका विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरुले निशेधित क्षेत्र तोडेर संसद भवनतिर जाने प्रयास गरे । यस क्रममा प्रहरीहरुले उनीहरुलाई घँच्याड्ने प्रयास गर्दा केहीबेर ठेलाठेल भयो ।

निशेधित क्षेत्रभन्दा केही पर कार्यक्रम गरिरहँदा प्रहरीले उनीहरुमाथि कुनै अवरोध गरेको थिएन ।


विगत २३ दिनदेखि आमरण अनसनमा बसेका डा. केसीको समर्थनमा मंगलबार विवेकशील साझा पार्टीले राजधानीमा जुलुस निकालेको हो ।

बानेश्वरको एभरेष्ट होटल अगाडिको सडकमा साझा पार्टीले धर्ना तथा विरोध प्रदर्शन आयोजना गरेको थियो । धर्ना पश्चात्त सहभागीहरुले नारा लगाउँदै संसद भवन जाने क्रममा प्रहरी र प्रदर्शनकारीबीच हँसीमजाक र रमाइलो गर्दै ठेलाठेल भएको हो ।

निशेधित क्षेत्र तोडेको र सार्वजनिक आवागमनमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले जुलुसलाई अघि बढ्न दिएन ।


महाराजगञ्जस्थित टिचिङ्ग अस्पतालबाट सुरु भएको विरोध जुलुस नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि आइपुगेपछि धर्नामा परिणत भएको थियो ।

विवेशकील साझा पार्टीका केन्द्रीय सदस्य शशीविक्रम कार्कीको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा सुरुमा करिब २५/३० जनाको उपस्थिति थियो । पछि केही मानिसहरु थपिएका थिए ।

विवेकशील साझा पार्टीले डा. गोविन्द केसीको अनसनलाई सक्रिय समर्थन गर्दै आएको छ ।

हेर्नुहोस् थप तस्वीर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment