Comments Add Comment

अमेरिकाले व्यापारिक सम्वन्ध तोडे चुप लागेर नबस्ने चीनको चेतावनी


३१ साउन, बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापारिक सम्वन्ध तोड्ने आन्तरिक तयारी गरेपछि चीन रुष्ट बनेको छ । आफ्नो कानूनी हितको संरक्षणका लागि आवश्यक सबैखाले उपायहरु अबलम्बन गरिने उसको चेतावनी छ ।

‘हामी अमेरिकालाई तथ्यहरुको सम्मान गर्न र सजगतापूर्वक व्यवहार गर्न आग्रह गर्छौं । यदि अमेरिकाले तथ्यहरुको बेवास्ता गर्छ र बहुपक्षीय व्यापारिक नियमहरुको अनादर गर्छ भने चीनले हात बाँधेर बस्दैन । आफ्नो वैधानिक अधिकारको रक्षाका लागि उपयुक्त सबै उपायहरु अबलम्बन गरिनेछ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार मात्र आफ्ना वरिष्ठ आर्थिक सल्लाहकारलाई लाई भेटेर चीनको व्यापारिक अभ्यास र नीतिहरुमाथि ‘सेक्सन ३०१ इन्भेस्टिगेसन’ सुरु गर्ने विषयमा टुंगोमा पुग्न भनेका थिए । यदि यो सेक्सन सुरु गरिएमा अनुचित लागेका चिनिया सरकारका कुनै पनि अभ्यासलाई रोक्नका निम्ति ट्रम्पलाई एक पक्षीयरुपमा सबै उपयुक्त कदम चाल्ने छुट दिनेछ ।

चीनले ‘बौद्धिक उल्लंघनको अभ्यास’ गरिरहेको भन्ने आरोपका विषयमा अनुसन्धान गर्न अनुमति दिने गरी ट्रम्पले सोमबार राष्ट्रपतीय ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए ।

‘सेक्सन ३०१ लाई एकपक्षीय भनेर अन्य मुलुकहरुले अस्वीकार गरिसकेका छन् । अमेरिकाले डब्लुटिओको प्रावधान अनुकुल हुने गरी उक्त सेक्सनलाई कार्यान्वयन गर्ने भनेर अन्तर्राष्ट्रिय समुदायसित वाचा गरिसकेको छ । अमेरिकाले आफ्नो वाचामा अडिनुपर्छ र बहुपक्षीय नियमहरुलाई वेवास्ता गर्ने विध्वंसकारी शक्ति बन्नु हुँदैन,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्यिङले भने ।

उनले थपे, ‘ब्यापारिक युद्धले हामीलाई कतै पुर्‍याउँदैन र दुवै देशले हार्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment