Comments Add Comment

बाढीका कारण फेरियो राधाकृष्ण रथयात्राको बाटो

राष्ट्रपति नआउँदा मेयरले गरे पूजाआजा

३१ साउन, बिराटनगर । मोरङको बिराटनगरमा मंगलबार ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिएको छ । राधाकृष्ण रथ यात्रा निकालेको ५० औं वर्ष पुगेको अवसरमा यो वर्ष रथयात्रालाई स्वर्ण जयन्तीको रुपमा मनाइएको छ ।

राधाकृष्ण रथयात्रालाई बिराटनगरमा विषेश महत्वका साथ लिने गरिन्छ । बिराटनगरको तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्ठमिको भोलिपल्ट रथयात्रा निकालिने गरिन्छ ।

राधा र कृष्ण युगल जोडीको रथयात्रा बिराटनगर पानीटंकी चोकमा रहेको मन्दिर परिसरबाट सुरु भएको थियो । बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विषेश पूजापाठ गरेपछि शुरु भएको थियो ।

रथ यात्राको स्वर्ण महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीबाट उदघाटन गर्ने कार्यक्रम थियो तर सो योजना रद्द भएपछि महानगरका मेयरबाट उदघाटन गरियो ।

निरन्तरको बषर्ाका कारण सडकहरु क्षतविक्षत भएपछि राधाकृष्ण रथयत्राको रुट परिवर्तन गरिएको थियो । वर्षाका कारण कोशी राजमार्गको महेन्द्र चोक र बरगाछी सडकखण्ड बिगि्रएपछि रथको रुट परिवर्तन गरिएको रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।

रथयात्राकै लागि भनिएको भण्डारा भने स्थगित गरिएको छ । दुई दिनसम्म परेको पानीले बितण्डा मच्चाउँदा सयौं  परिवार विस्थापित भएको भन्दै आयोजक समितिले भण्डाराका लागि तयारी अवस्थामा राखेको खाद्यान्य सामाग्री बाढीपीडितलाई राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

राधाकृष्ण युगल जोडीको रथयात्रा तीनपैनी चोक, जलजला चोक, ट्राफिक चोक महेन्द्र चोक हुँदै पुनः सोही रोडबाट फर्काइएको थियो ।

विराटनगर रथ यात्राको सहभागिता पनि गत वर्षभन्दा यो वर्ष केही घढेको थियो । यसअघि ५ लाखले अवलोकन गर्ने लक्ष्य राखिएको रथयात्रा करिव १ लाखले अवलोकन गरेको आयोजकहरुको अनुमान छ ।यो वर्ष बाढीका कारण रथयात्रामा विगतको जस्तो सहभागिता नभएको हो । तथापि पीडामा परेका बाढीपीडितहरु समेत रथ तान्न उत्साहका साथ सहभागी भएका देखिन्थे ।

अपरान्ह निस्किएको झाँकीले बिराटनगरमा निकै उल्लास थपेको थियो । रथयात्राका लागि सुनौलो रंगको प्यागोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रथ निर्माण गरिएको थियो । रथको अग्रभागको दायाँ र बायाँ गरी ७५ फिट लामो रथ तान्ने लठ्ठा निर्माण गरिएको थियो ।

विसं. १९८८ मा राधाकृष्ण मन्दिर स्थापना भएदेखि खट यात्रा सुरु भएकामा ०२५ सालदेखि कृष्णजन्माष्टमीको भोलिपल्टबाट आजका दिन विराटनगरमा रथयात्रा निकाल्न थालिएको थियो ।

बिराटनगर महानगरपालिकाले पनि ऐतिहासिक राधाकृष्ण रथ यात्राका दिन आज विराटनगरमा सार्वजनिक विदा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment