Comments Add Comment

मनमोहन मेडिकल कलेज किन्ने गृहकार्य गर्न सरकारले बनायो कार्यदल

३१ साउन, काठमाडौं । मनमोहनसहितका आशयपत्र लिइसकेका मेडिकल कलेज किन्नेबारे अध्ययन गर्न सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको हो । अर्थ, शिक्षा, स्वास्थ्य मन्त्रालयका सचिव र सार्वजनिक खरिद कार्यालयका सचिव रहेको कार्यदलले मेडिकल कलेज खरिदबारे नीतिगत, कानुनी र प्रक्रियाबारे सरकारलाई सुझाव दिनेछ ।

मन्त्रिपरिषद् बैठक बसिरहेका बेला डा. गोविन्द केसीले अनसन स्थगित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment