Comments Add Comment

सिद्दार्थको जीवनमा नयाँ युवती, आलियासँग गरे ब्रेकअप

त्यसो त सिद्दार्थ मल्होत्रा र आलिया भट्टले आफूहरुबीचको प्रेमलाई सार्वजनिकरुपमा स्वीकारेका थिएनन् । तर, दुनियालाई थाहा थियो, उनीहरुको रोमान्स कति गहिराईमा पुगेको छ भन्ने ।

उनीहरु बारम्बर एक-अर्काको घरमा पुगिरहेका हुन्थे । हप्तैपिच्छे डेटिङ जान्थे । हात समाएर हिँड्थे । तर, अब यस्तो देख्न नपाइने भएको छ । किनकी सिद्दार्थ र आलियाको ब्रेकअप भएको छ ।

आलिया र सिद्दार्थ दुवै जना केही दिनदेखि एक-अर्कालाई बेवास्ता गर्न थालेका थिए । अहिले त उनीहरु अपरिचित जस्तै बनेका छन् । सार्वजनिक कार्यक्रममा भेट हुँदा पनि तर्किएर हिँड्छन् । केही दिनअघि उनीहरुबीच ठूलै झगडा भएको बताइन्छ ।

सिद्दार्थ र आलियाको सम्वन्ध खराब हुनुको कारण हो, सिद्दार्थको जीवनमा नयाँ युवती आउनु । ती युवती हुन् ज्याकलिन फर्नान्डिज । खासमा ज्याकलिन र सिद्दार्थ आगामी फिल्म ‘अ जेन्टलम्यान’ मा काम गरिरहेका छन् । यही क्रममा दुवै जनाको मित्रता गहिरिएको थियो । पछिल्लो समय उनीहरु एक-अर्कासँग छुट्टनिै नसक्ने अवस्थामा पुगेको देखिन्छ । यही विषयलाई लिएर सिद्दार्थ र आलियाको झगडा परेको हो ।

सिद्दार्थ र आलिया दुई वर्षदेखि डेट गरिरहेका थिए । उनीहरुले करण जौहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउडमा डेब्यू गरेका हुन् । पहिलो फिल्मबाटै उनीहरुले सफलताको स्वाद चाखेका थिए । अब भविष्यमा उनीहरुले फेरि जोडी बनाएर काम गर्ने सम्भावना झिनो बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment