Comments Add Comment

सुनीलपछि सिद्धुसँग कपिल शर्माको झगडा

भारतीय कमेडियन कपिल शर्माको दिन राम्रो चलिरहेको छैन । उनी एकपछि अर्का सहकर्मीसँग झगडा गरिरहेका छन् ।

सुनिल ग्रोवरसँगको झगडाले ठूलै रुप लिएको थियो । त्यही झगडापछि सुनिलले कपिलको शोलाई बाई बाई भनिदिएका थिए । अहिले फेरि उनको नबजोत सिंह सिद्धुसित मनमुटाव भएको छ ।

कुरा रहेछ सिद्धु बस्ने कुर्सीको । एक पटक सिद्दु बिरामी भएर कपिलको शोमा जान सकेनन् । तर, कपिलले उनलाई एक दिन पनि पर्खिएनन् । बरु सिद्धुको खाली कुर्सीमा बस्नका लागि अर्चना पुरन सिंहलाई बोलाए । यो कुरा थाहा पाउनासाथ सिद्धु बमबम भए ।

उनले तुरुन्तै कपिललाई फोन गरेर नराम्ररी थर्काए । कपिलले निकै सम्झाउन खोजे, तर सिद्धुको आक्रोश मत्थर भएन । अन्ततः कपिलले उनीसँग माफी माग्नुपर्‍यो । यस शोमा अतिथिका रुपमा ज्याकलिन फर्नान्डिज र सिद्धार्थ मल्होत्रा थिए ।

यसअघि धेरै पटक अपिलको शोका लागि सिद्धुले आफ्नो टाइम एडजस्ट गर्दै आएका थिए । तर, यसपटक कपिलले एक दिन पनि आफ्नो लागि पर्खिन नसक्नुले उनको चित्त दुख्नु स्वभाविकै थियो । सिद्धु असन्तुष्ट भएपछि कपिलले फेरि अर्चनालाई फोन गरेर आफ्नो कार्यक्रममा नआउन भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment