Comments Add Comment

७ मा ४ जीवन बिमा कम्पनीको नाफा घट्यो, बिमांकीय मूल्यांकन पछि बढ्ने !


३२ साउन, काठमाडौं । गत आव २०७३/७४ को वित्तीय विवरण प्रकाशित गरेका ७ जीवन बीमा कम्पनीमा ४ कम्पनीको नाफा घटेको छ भने बााकी तीनको मात्र वृद्धि भएको छ ।

कम्पनीहरुले परिस्कृत लेखा परिक्षण तथा बिमांकीय मूल्यांकन (एक्चुअरी भ्यालुएसन) पछि नाफा परिवर्तन हुन सक्ने उल्लेख गरेका छन् । नाफा दर बढ्न वा घट्न सक्ने दुवै अवस्था रहेपनि प्रायः बढ्ने प्रवृत्ती देखिदै आएको छ ।

जीवन बीमा कम्पनीहरुले अहिले हरेक वर्ष एक्चुअरी मूल्यांकन गरेर आफ्नो वास्तविक दायित्व निकाल्छन् । मानौं, यसरी दायित्व देखिएपछि त्यसलाई भुक्तानी गर्न आवश्यक रकम छुट्याएर १० रुपैयाँ उब्रन्छ भने त्यो १० रुपैयाँ मध्ये ९ रुपैयाँ बीमितहरुको योजनालाई प्रतिफल (बोनस दर) दिनुपर्छ । बाँकी १ रुपैयाँ नाफामा जोडिन्छ र सेयर लगानीकर्ताले प्रतिफल (बोनस सेयर वा नगद लाभांश ) पाउँने हो ।

७ कम्पनीको कुल नाफा भने १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । कम्पनीहरुको बचत २६ अर्ब पुगेको छ । जीवन बिमा कम्पनीहरुले नाफा नोक्सान हिसाब खाता र एकिकृत आय व्यय हिसाब गरि दुई वटा देखाउने गर्छन् । एकिकृत आय व्ययको हिसाबमा बिमा शुल्क, लगानी वा कर्जाबाट भएको आम्दानीबाट दाबी भुक्तानी, आयकर लगायतका खर्च कटाएपछि हुने रकमलाई बचत भनेर उल्लेख गरिन्छ ।

यो बचतबाट केही रकम नाफा नोक्सान हिसाब खातामा र धेरै रकम जीवन बिमा कोषमा सारिन्छ । एक्चुअरी भ्यालुएशनपछि जीवन बिमा कोषमा भएको रकमको वास्तविक दायित्व पत्ता लाग्छ र बाँकी रकम बिमा गरेकाहरुको बोनस दर निर्धारण तथा सेयर लगानीकर्ताहरुलाई प्रतिफल दिन प्रयोग गरिन्छ ।

एशियन लाइफ

एशियन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले घटेर ४ करोड २१ लाखमा सिमित भएको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा बढ्ने अपेक्षा गरिएको छ ।

कम्पनीको कुल बिमा शुल्क आर्जन करिब २४ प्रतिशतले बढेर ११ अर्ब ७५ करोड पुगेको छ । कम्पनीले यसवर्ष २ अर्ब २९ करोड बिमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको कुल कायम बिमालेख संख्या २ लाख ९ हजार रहेको छ । यसमा १ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको दाबी रकममा १६ प्रतिशतले वृद्धि भएर ४७ करोड पुगेको छ । कम्पनीले १ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी तिर्न बाँकी रहेको छ ।

कम्पनीको जीवन बिमा कोषमा १० अर्ब रुपैयाँ रहेको छ । यो रकम २८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिमा समितिले तोकेको २ अर्बको चुक्ता पुँजी पुर्याउँन १ अर्ब १९ करोड जुटाउनु पर्ने हुन्छ । हाल ८० करोड चुक्ता पुँजी रहेको छ । कम्पनीको एकिकृत आय व्यय हिसाब खाताबाट २ अर्ब ३४ करोड रुपैयाँ बचत रहेको देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसा, मूल्य आम्दानी अनुपात २ सय ७८ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ४८ रुपैयाँ रहेको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिवर्तन हुने भएकोले यी सूचकमा पनि परिवर्तन आउछ ।

प्राइम लाइफ

प्राइम लाइफ इन्स्योरेन्सको नाफा ४३ प्रतिशतले बढेर १५ करोड ८७ लाख पुगेको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिर्वतन हुनेछ ।

कम्पनीको कुल बिमा शुल्क आर्जन करिब ४३ प्रतिशतले बढेर ११ अर्ब १६ करोड पुगेको छ । कम्पनीले यसवर्ष २ अर्ब ४ करोड बिमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको कुल कायम बिमालेख संख्या ४ लाख ६७ हजार रहेको छ । यसमा ३० प्रतिशतले घटेको हो ।
कम्पनीको दाबी रकममा करिब २१ प्रतिशतले वृद्धि भएर ३६ करोड पुगेको छ । कम्पनीले १ करोड २ लाख रुपैयाँ दाबी भुक्तानी तिर्न बाँकी रहेको छ ।

कम्पनीको जीवन बिमा कोषमा ४ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । यो रकम ३३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिमा समितिले तोकेको २ अर्बको चुक्ता पुँजी पुर्याउँन १ अर्ब ५१ करोड जुटाउनु पर्ने हुन्छ । हाल ४८ करोड चुक्ता पुँजी रहेको छ । कम्पनीको एकिकृत आय व्यय हिसाब खाताबाट १ अर्ब ४२ करोड रुपैयाँ बचत रहेको देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५३ पैसा, मूल्य आम्दानी अनुपात ७८ गुणा र प्रतिसेयर नेटवर्थ २ सय ९४ रुपैयाँ रहेको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिवर्तन हुने भएकोले यी सूचकमा पनि परिवर्तन आउछ ।

नेपाल लाइफ

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५४ प्रतिशतले घटेर ४१ करोडमा सिमित भएको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिर्वतन हुनेछ ।

कम्पनीको कुल बिमा शुल्क आर्जन करिब ३० प्रतिशतले बढेर ५२ अर्ब ३७ करोड पुगेको छ । कम्पनीले यसवर्ष १२ अर्ब २१ करोड बिमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको कुल कायम बिमालेख संख्या १० लाख ४१ हजार रहेको छ । यसमा १६ प्रतिशतले घटेको हो ।
कम्पनीको दाबी रकममा करिब १ सय ९ प्रतिशतले वृद्धि भएर २ अर्ब ८८ करोड पुगेको छ । कम्पनीले ७३ करोड रुपैयाँ दाबी भुक्तानी तिर्न बाँकी रहेको छ ।

कम्पनीको जीवन बिमा कोषमा ४० अर्ब २८ करोड रुपैयाँ रहेको छ । यो रकम २८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिमा समितिले तोकेको २ अर्बको चुक्ता पुँजी पुर्याइ सकेको छ । हाल कम्पनीको ३ अर्ब ९ करोड चुक्ता पुँजी रहेको छ । कम्पनीको एकिकृत आय व्यय हिसाब खाताबाट ९ अर्ब २८ करोड रुपैयाँ बचत रहेको देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १३.४५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १ सय ५९ गुणा र प्रतिसेयर नेटवर्थ २ सय ६० रुपैयाँ रहेको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिवर्तन हुने भएकोले यी सूचकमा पनि परिवर्तन आउछ ।

नेशनल लाइफ

नेशनल लाइफ इन्स्योरेन्सको नाफा ३८ प्रतिशतले बढेर २३ करोडमा पुगेको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिर्वतन हुनेछ ।

कम्पनीको बिमा शुल्क आर्जन करिब ३१ प्रतिशतले बढेर ४ अर्ब ९७ करोड पुगेको छ । कम्पनीको कुल कायम बिमालेख संख्या ८ लाख ७५ हजार रहेको छ । यो २६ प्रतिशतले बढेको हो ।

कम्पनीको दाबी रकममा करिब ४९ प्रतिशतले वृद्धि भएर १ अर्ब ६८ करोड पुगेको छ । कम्पनीले १३ करोड रुपैयाँ दाबी भुक्तानी तिर्न बाँकी रहेको छ ।

कम्पनीको जीवन बिमा कोषमा १७ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । यो रकम १९ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले बिमा समितिले तोकेको २ अर्बको चुक्ता पुँजी पुर्याउन ६७ करोड थप्नुपर्ने भएको छ । हाल कम्पनीको १ अर्ब ३२ करोड चुक्ता पुँजी रहेको छ । कम्पनीको एकिकृत आय व्यय हिसाब खाताबाट ३ अर्ब २६ करोड रुपैयाँ बचत रहेको देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १७.७८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १ सय २९ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५३ रुपैयाँ रहेको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिवर्तन हुने भएकोले यी सूचकमा पनि परिवर्तन आउछ ।

सूर्या लाइफ

सूर्या लाइफ इन्स्योरेन्सको नाफा १५ प्रतिशतले बढेर ९ करोड ६९ लाखमा पुगेको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिर्वतन हुनेछ ।

कम्पनीको बिमा शुल्क आर्जन करिब २४ प्रतिशतले बढेर १ अर्ब ३३ करोड पुगेको छ । कम्पनीको कुल कायम बिमालेख संख्या ३ लाख ८ हजार रहेको छ । यो १३ प्रतिशतले बढेको हो ।

कम्पनीको दाबी रकममा करिब ८९ प्रतिशतले वृद्धि भएर १५ करोड पुगेको छ । कम्पनीले १२ लाख रुपैयाँ दाबी भुक्तानी तिर्न बाँकी रहेको छ ।

कम्पनीको जीवन बिमा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । यो रकम ४७ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले बिमा समितिले तोकेको २ अर्बको चुक्ता पुँजी पुर्याउन १ अर्ब ३४ करोड थप्नुपर्ने भएको छ । हाल कम्पनीको ६५ करोड चुक्ता पुँजी रहेको छ । कम्पनीको एकिकृत आय व्यय हिसाब खाताबाट ८६ करोड रुपैयाँ बचत रहेको देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १४.७८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७२ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५४ रुपैयाँ रहेको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिवर्तन हुने भएकोले यी सूचकमा पनि परिवर्तन आउछ ।

मेट लाइफ

मेट लाइफ इन्स्योरेन्सको नाफा ३४ प्रतिशतले घटेर २२ करोड २४ लाखमा सिमित भएको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिर्वतन हुनेछ ।

कम्पनीको बिमा शुल्क आर्जन करिब २१ प्रतिशतले बढेर ३ अर्ब ८ करोड पुगेको छ । कम्पनीको कुल कायम बिमालेख संख्या ७ लाख ६७ हजार रहेको छ । यो १४ प्रतिशतले बढेको हो ।

कम्पनीको दाबी रकममा करिब ७ प्रतिशतले वृद्धि भएर १ अर्ब ६ करोड पुगेको छ । कम्पनीले १७ करोड रुपैयाँ दाबी भुक्तानी तिर्न बाँकी रहेको छ ।

कम्पनीको जीवन बिमा कोषमा १३ अर्ब २२ करोड रुपैयाँ रहेको छ । यो रकम १८ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले बिमा समितिले तोकेको २ अर्बको चुक्ता पुँजीको लागि जगेडा, जिवन बिमा कोष लगायतमा रहेको रकमलाई असाइड रकमको रुपमा देखाए पुग्नेछ ।

कम्पनीको एकिकृत आय व्यय हिसाब खाताबाट २ अर्ब २७ करोड रुपैयाँ बचत रहेको देखिएको छ ।

लाइफ इन्स्योरेन्स

लाइफ इन्स्योरेन्स कर्पोरेशनको नाफा ६३ प्रतिशतले बढेर ११ करोडमा सिमित भएको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिर्वतन हुनेछ ।

कम्पनीको बिमा शुल्क आर्जन करिब २३ प्रतिशतले बढेर ८ अर्ब ७० करोड पुगेको छ । कम्पनीको कुल कायम बिमालेख संख्या ६ लाख ६८ हजार रहेको छ । यो ६ प्रतिशतले बढेको हो ।

कम्पनीको दाबी रकममा करिब १ सय ४६ प्रतिशतले वृद्धि भएर १ अर्ब १८ करोड पुगेको छ । कम्पनीले २ करोड ४५ लाख रुपैयाँ दाबी भुक्तानी तिर्न बाँकी रहेको छ ।

कम्पनीको जीवन बिमा कोषमा ३३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । यो रकम २७ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले बिमा समितिले तोकेको २ अर्बको चुक्ता पुँजी पुर्याउन ६६ करोड थप्नुपर्ने भएको छ । हाल कम्पनीको १ अर्ब ३३ करोड चुक्ता पुँजी रहेको छ । कम्पनीको एकिकृत आय व्यय हिसाब खाताबाट ७ अर्ब ४९ करोड रुपैयाँ बचत रहेको देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ८.७५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २ सय ४५ गुणा र प्रतिसेयर नेटवर्थ १ सय २६ रुपैयाँ रहेको छ । एक्चुअरी भ्यालुएशनपछि नाफा परिवर्तन हुने भएकोले यी सूचकमा पनि परिवर्तन आउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment