Comments Add Comment

एक हप्तामा एनसेलबाट ६० लाख बढी बाढीपहिरो अलर्ट एसएमएस


३२ साउन, काठमाडौं । एनसेलले गत एक हप्तामा ६० लाख बढी बाढीपहिरो अलर्ट एसएमएस प्रेषित गरेको छ । साउन २४ देखि साउन ३०सम्म बाढी प्रभावित तथा बाढीपहिरोको उच्च जोखिम रहेका देशका विभिन्न स्थानहरुमा बसोबास गर्ने ग्राहकहरुलाई ६० लाख भन्दा बढी बाढीपहिरोको सम्बन्धी पूर्वसूचना पठाएको हो ।

विगत तीन दिन शनिबार, आइतबार र सोमबारमा मात्र ५० लाख भन्दा बढी त्यस्ता एसएमएस एनसेलले पश्चिम राप्ति, बबई, पुर्व राप्ती नदी रजैया, बागमती (रौतहट र सर्लाही) को तटीय क्षेत्र लगायत डुबानमा पर्ने स्थानका ग्राहकहरुलाई पठाएको थियो ।

आइतबारकोे दिन मात्र लगातारको अविरल वर्षापछि विभिन्न नदिमा बढेको पानीको बहाबका बारेमा एनसेलले ३५ लाख ७० हजार भन्दा बढी पूर्व सूचनाका एसएमएसहरु बाढीबाट प्रभावित हुने स्थानका ग्राहकहरुलाई पठाएको हो । त्यस्तै एक दिन अघि शनिबारका दिन ७ लाख ३० हजार भन्दा बढी एसएमएसहरु पठाईएका थिए ।

पश्चिम राप्ति नदीको कुसुमको जल सतह खतराको तह भन्दा माथि पुगेकोले सुरक्षित स्थानमा जान अनुरोध, बर्दियाको बबई तटीय क्षेत्रका ग्राहकलाई पानीको बहाब खतरा तह भन्दा निकै माथि पुग्दै गरेकाले सुरक्षित स्थानमा रहन तथा जान अनुरोध र बागमती नदीको तल्लो तटीय क्षेत्र (रौतहट, सर्लाही) मा भारी वर्षा भएकोले नदीको तटीय र डुबान भईरहने क्षेत्रमा रहनेहरुलाई सुरक्षित स्थानमा रहन अनुरोध लगायतका एसएमएसहरु शनिबारको दिन पठाईएको थियो ।

नदीमा पानीको जलसहतको स्थितिअनुसार जल तथा मौसम विज्ञान विभागले प्रदान गरेको एसएमएस कन्टेन्ट एनसेलले तोकिएको क्षेत्रमा रहेका व्यक्तिहरुलाई एसएमएस सम्प्रेषण गरेको हो । बाढी तथा पहिरोबाट हुने क्षति न्युनिकरण गर्न विभागले एनसेललाई नदीमा पानीको बहाब र जलसहतको अवस्था अनुसार एसएमएस पठाउन जानकारी दिने गरेको छ ।

पानीको सतह खतराको तहभन्दा माथि गएको एसएमएस पाएपछि मानिसहरु सरकारले तोकेको वा अन्य कुनै सुरक्षित स्थानमा जान सक्छन् । पानीको सतह सामान्य अवस्थामा फर्किएपछि पनि तत्काल कुनै खतरा नभएको जानकारी ग्राहकले एसएमएस मार्फत पाउछँन् । नदीमा पानीको बहावको आधारमा विभिन्न चार प्रकारका एसएमएसहरु पठाउने गरिन्छ ।

एनसेलले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गतवर्ष जल तथा मौसम विज्ञान विभागसँग पूर्वसूचना प्रदान गर्नका निमित्त समझदारी पत्रमा हस्ताक्षर गरको थियो । सोही अनुरुप एनसेलले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी पहिरोको पूर्व चेतावनी का लागि एसएमएस प्रदान गर्दै आएको छ ।

समझदारीपत्र अनुसार, एनसेलले वर्षा र नदीमा जल सहतको आधारमा बाढीपहिरोको जोखिमका बारेमा पश्चिम राप्ती, नारायणी, कन्काई, कोशी, बागमती, कर्णा ली, बबई, कमला लगायतका नदीका तल्लो तटिय क्षेत्रमा बसोवास गरिरहेका परिवारलाई एसएमएसमार्फत पूर्वानुमान तथा पूर्वसूचना पठाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment