+
+

जान्नैपर्ने जीवन-मन्त्र, जसले सधै स्वस्थ्य, जवान र तन्दुरुस्त बनाउँछ

डा. हेमराज कोइराला डा. हेमराज कोइराला
२०७४ साउन ३२ गते १४:३९

हामी चाहन्छौं, रोगको शिकार हुन नपरोस् । उमेरमै बुढो हुन नपरोस् । कमजोर, शक्तिहिन र थकित हुन नपरोस् । सधै जवान, स्वस्थ्य, निरोगी, तन्दुरुस्त, फूर्तिलो, हँसिलो, रसिलो हुन पाइयोस् ।

यसका लागि कामना गरेर मात्र पुग्दैन, जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ ।

स्वस्थ्य जीवनशैलीका लागि स्वस्थ्य दिनचर्या आवश्यक हुन्छ । स्वस्थ्य जीवनशैलीका लागि स्वस्थ्य खानपान आवश्यक हुन्छ । स्वस्थ्य जीवनशैलीका लागि, स्वस्थ्य सोंच एवं विचार आवश्यक हुन्छ । भनाई नै छ, स्वस्थ्य आहार, बिहार र बिचार नै उत्कृष्ट जीवनको मन्त्र हो ।

स्वस्थ्य, निरोगी, खुसी हुनका लागि अरु केहि गर्न पर्दैन, आफ्नो दिनचर्यामा थोरै फेरबदल गरे पुग्छ । सन्तुलित खानपानमा ध्यान दिए पुग्छ । र, आत्मा अनुशासन कायम गरे पुग्छ ।

१. राती चाडो सुत्ने र बिहान ब्रम्हमूर्हुतमा (सूर्योदय हुन ९६ मिनेट अघि र सूर्यादयसम्मको समय) उठ्ने गरौ । उठ्नसाथ एक लिटर जति मनतातो पानी पिउने गरौं ।

२. प्रतिदिन एक घण्टा नियमित व्यायम गर्ने गरौं ।

३. खुला तथा ताजा हावा भएको ठाँउमा एक घण्टा टहल्ने गरौं ।

४. ठोस भोजन दैनिक दुई छाक मात्र होस् । वेलुकीको भोजनमा अन्नको मात्रा कम होस् ।

५. विहान वेलुकी कम्तिमा २० मिनेट प्रार्थना, पूजा, जप तप, ध्यान जस्ता एकान्तवासको अभ्यास गरौं ।

६. दैनिक तीन/चार लिटर पानी पिउने वानी बसालौं । पानीले शरीरका विशाक्त तत्वहरुलाई निकाल्न मद्दत गर्छ ।

७. भोजन ग्रहण गर्दा स्वादमा होइन, स्वास्थ्यमा ध्यान दिनुपर्छ । स्वस्थ्यकर भोजन कम स्वदिष्ट हुन सक्छ तर स्वस्थ्य रक्षाको लागि भोजन स्वस्थ्यकर नै हुनुपर्छ ।

८. खाना खाँदा पेटको आधा भाग अन्नले र एक चौथाइ भाग तरल पदार्थले भरियोस् । वाँकी एक चौथाइ भाग वायु संचरणका लागि खाली छाड्नुपर्छ ।

९. शान्तिपूर्वक खुव चपाइ-चपाइ गर्ने गरौं । चपाएर टुक्रयाएको खानले पाचन यन्त्रलाई अतिरित्त दवाव दिदैन । फलत पेट तथा आन्द्रहारु मजबुद हुन्छ ।

१० धेरै तातो वा चिसो पादार्थ खाने, हतारमा खाने वा पिउने, समयमा भोजन नगर्ने वा भोकै नलागी भोजन गर्ने वानी अस्वस्थ्यकर हो ।

११. सधै शान्त र प्रशन्न रहने अभ्यास गरौ । डर, चिन्ता र उदासिनता जस्ता मानसिक दोषलाई प्रश्रय नदिऔं । तनावमा परेकाहरुले यसको व्यवस्थापन गरौं ।

१२ हप्ताको एक पटक कमसेकम पुरै शरीरको मालिस गराउन पर्छ । अभ्याङ्ग मालिस, थाईलेण्डे मालिस, जापानिज शियात्सु मालिस तेल मालिस, अकुप्रेसर जस्ता मालिस पद्धतीहरु अपनाउँदा शरीरमा स्फूर्ति वढ्छ ।

१३. स्टीम वाथ, साउना वाथ, हृवीर्लपुल वाथ (ज्याकुजी), जस्ता स्नान विधीले छालामा रहेका पसिनाग्रन्थीहरुको रोकावट खोली दिएर बिजातिय द्रव्यहरुको निष्कासनमा सहयोग गर्छ । यि उपचारहरु पनि हप्ताको एक पटक आवश्य गरौं ।

१४. शरीर सोधनका यौगिक क्रियाहरु जस्तै, जलनेती, कुन्जल, एनिमा, शंखप्रक्क्षालन, द्यौती जस्ता सोधन विधीहरु हप्तामा एक पटक  गरौं । यसले शरीरको आन्तरिक स्वच्छतालाई कायम राख्छ ।

१५. परिवारवारका सदस्यहरुका साथ रहने गरौं । यसले एक्लोपन घटाउनुका साथै आत्मावल वढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?