Comments Add Comment

लामो यात्रामा जाँदै हुनुहुन्छ ? प्रहरीसँग बाटोको अवस्था बुझ्नुस्

यात्रुको सुविधाका लागि प्रहरीले व्यवस्था गर्‍यो दुईवटा फोन नम्बर

३२ साउन, काठमाडौं । तपाईं लामो यात्रामा निस्किँदै हुनुहुन्छ ? वर्षायाममा बाटो घाटोको अवस्थाबारे तपाईं जानकार हुनुहुन्छ कि हुनुहुन्न ? कहाँ कसलाई सोधेर बाटोको जानकारी लिने भन्ने चिन्तामा पो हुनुहुन्छ कि ? यदि त्यसो हो भने चिन्ता छाड्नुस् । तपाईंलाई नेपाल प्रहरीले यसको जानकारी दिनेछ । त्यसका लागि नेपाल प्रहरीलाई फोन गरेर आफू जाने ठाउँसम्म पुग्ने बाटोको अवस्थाबारे जानकारी लिन सकिन्छ ।

यात्रुहरुको सुविधाका लागि नेपाल प्रहरीले दुईवटा फोन नम्बरको व्यवस्था गरेको छ । ०१-४४१२६०३ र ०१-४४१२७८० नम्बरमा फोन गरेर यात्रुहरुले सडकको अवस्थाबारे जानकारी लिन सक्ने नेपाल प्रहरीले जनाएको छ ।

अबिरल वर्षा र पहिरोको कारण बिभिन्न स्थानको बाटो अवरुद्ध छ । जसका कारण यात्रुहरु गन्तव्यमा पुग्न नपाई बीच बाटोमै अलपत्र परेका छन् । बाटो खुले-नखुलेको जानकारी नहुँदा घरबाट निस्किने कि ननिस्किने द्विविधामा धेरैजना पर्ने गरेका छन् ।

नेपाल प्रहरीले बाटोको अवस्था र बाढीको जोखिमबारे पनि आफ्नो ट्विटर एकाउन्टमार्फत् पनि नियमित रुपमा सूचना दिने गरेको छ । प्रहरीका अनुसार मंगलबार राति १० बजेदेखि आज राति ३२ गते राती १० बजेसम्म नवलपरासी-बर्दघाट सडकखण्ड मर्मतकालागि बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment