Comments Add Comment

एनआइबीएल सम्बृद्धि कोषको १८ प्रतिशत लाभांश प्रस्ताव


३२ साउन, काठमाडौं । एनआइबिएल क्यापिटलले व्यवस्थापन गरिरहेको सामूहिक लगानी कोषको पहिलो योजना एनआइबीएल सम्वृद्धि फण्ड १ को लाभांश घोषणा गरेको छ ।

यो योजनाबाट लगानीकर्ताले १८ प्रतिशत नगद लाभांश पाउने भएका हुन् । कम्पनीको मंगलवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । लाभांशको लागि कम्पनीले भदौं १३ गते बुक क्लोज गर्ने भएको छ । १२ गतेसम्म एनआइबीएल सम्वृद्धि फण्डको योजना खरिद गर्नेले यस्तो लाभांश प्राप्त गर्न सक्नेछन् ।

सेयर बजारमा यो योजनाको प्रतिइकाइको कारोबार १२ रुपैयाँ ८४ पैसामा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment