Comments Add Comment

क्यान्सरदेखि मधुमेहसम्ममा फाइदाजनक यो फल, तर यसकारण सर्तक रहनुपर्छ


अनारमा केहि यस्ता महत्वपूर्ण तत्व हुन्छ, जो हाम्रो शरीरको लागि एकदमै आवश्यक हुन्छ । अनारमा फाइबर, भिटामिन ए, भिटामिन सि, भिटामिन के, फोलिक एसिड र एन्टिअक्सिडेन्ट भरपुर हुन्छ । अनार स्वास्थ्यका लागि लाभदायक त छ नै, सौन्दर्यका लागि पनि ।

शरीरमा रगतको अभाव पुरा गर्न अनार उपयोगी मानिन्छ । यद्यपी कुनैपनि फल सोझै सेवन गर्नुभन्दा त्यसको रस बनाएर सेवन गर्नु बढी फाइदाजनक हुन्छ । यद्यपी बजारमा पाइने जुसमा भने मिसावट हुनसक्छ । घरमै ताजा रस बनाएर पिउन सकिन्छ ।

त्यसो सबै मौसमी फलको आ-आफ्नै गुण, विशेषता र महत्व हुन्छ । सबै फल स्वास्थ्यका लागि अति फाइदाजनक हुन्छ । यद्यपी त्यसमध्ये पनि अनार निकै महत्वपूर्ण मानिन्छ ।

भनिन्छ, अनार सेवन गर्दा दुई किसिमको रोगसँग लड्ने क्षमता बढ्छ । यदि लगातार एक सातासम्म अनार सेवन गर्ने हो भने, त्यसले स्वास्थ्यमा लाभ मिल्छ ।

तौल घटाउन

यदि तौल सामान्यभन्दा बढी छ भने अनारको सेवन लाभदायक हुन्छ । अनारले कम्मरमा जमेको बोसो घटाउने काम गर्छ । किनभने मोटो व्यक्तिको सबैभन्दा बढी बोसो कम्मरमा हुन्छ । अनार वा अनारको जुस सेवन गर्दा उक्त वोसो घट्छ ।

मधुमेहमा फाइदाजनक

मधुमेह रोगीका लागि अनारको सेवन फाइदाजनक हुन्छ । सामान्यत के सोचिन्छ भने अनारमा शुगर हुन्छ । यो सहि हो । तर, त्यसमा रहेको शुगरले शरीरमा शुगरको लेभल बढाउँदैन ।

हृदय रोगमा

अनारको सेवनले रक्त धमनीलाई पोषित गरेर रक्त प्रवाहमा सुधार ल्याउँछ । इटलीको एक विश्वविद्यालयमा गरिएको एक अध्ययन अनुसार अनारको रसले धमनीमा हुने समस्याको उपचार गर्छ । यसका साथै बेलायतको पोषण जर्नलमा प्रकासित अध्ययन अनुसार ८ सय मिलीग्राम अनराको बीजको तेल ट्राइग्लिसराइड्स कम गर्छ र उच्च घनत्व भएको लिपोप्रोटिन अनुपातमा सुधार ल्याउँछ । अनारको जुसमा पाइने तत्वले कोलोस्टोरको मात्रा कम गर्छ । साथै रगतलाई शुद्ध गर्छ । यसले रगत पातलो बनाउँछ ।

स्मरण शक्ति बढाउन

अनारको सेवनले स्मरण शक्ति बढाउने बताइन्छ । यसले अल्जाइमर जस्तो मस्तिष्क सम्बन्धित बिकार हटाउने पनि क्षमता राख्छ । २०१३ मा भएको एक सोध अनुसार दिमागी क्रियामा सुधार ल्याउनका लागि अनारको रस उपयोगी हुन्छ ।

पाचन क्रिया

नियमिन रुपले अनार सेवन गर्दा पाचन सम्बन्धी समस्या पनि हट्छ । पाचन क्रिया सहि भयो भने धेरै किसिमको रोगको भय पनि हुँदैन ।

क्यान्सरको खतरा कम

अनारको सेवनले शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्छ । यसले क्यान्सर जस्तो भयानक रोगबाट बचाउँछ । साथै अनारमा एन्टिअक्सिडेन्ट हुन्छ । यसले क्यान्सरको कोशिकालाई नष्ट गरेर ट्युमरको विकासमा पूर्ण बिराम लगाउँछ । अनारको फलको सेवन प्रोस्टेट, फोक्सो, स्तन र छालाको क्यान्सरमा अत्यान्त लाभदायक हुन्छ ।

अनुहारमा निखार

अनार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । साथै सुन्दरताको लागि पनि । आर्युवेदमा यसलाई सौन्दर्य बढाउनका लागि प्रयोग गरिन्छ । अनारको बोक्राको स्क्रब बनाएर प्रयोग गर्दा अनुहारको ब्ल्याक हेड्स हट्छ । साथै अनारको सेवनले अनुहारमा चमक ल्याउँछ ।

गर्भावस्थामा फाइदाजनक

अनारमा भिटामिन र मिनरल हुन्छ । यसका साथै फ्लोरिक एसिड पनि पाइन्छ । यो गर्भमा रहेको शिशुका लागि राम्रो भोजन हो । अनारमा पाइने पोटेशियमले गर्भावस्थामा हुने खुट्टाको दुखाई पनि कम गर्छ ।

– अनारले छालालाई रुखो हुन दिदैन ।

– अनुहारमा चाउरीपन आउन दिदैन ।

– अनुहारको दाग धब्बा र डार्क सर्कलबाट बचाउँछ ।

– अनारको सेवन डन्डिफोरको समस्या हटाउन पनि लाभदायक हुन्छ ।

– अनारको रस सेवन गर्दा त्यसले केसको सौन्दर्य पनि बढाउँछ ।

– अनारले केसलाई बलियो र चम्किलो बनाउँछ ।

अनारको हानी

कुनैपनि फलको गुण र अवगुण दुबै हुन्छ । त्यस्तै अनारमा पनि अवगुण हुन्छ । अवगुण भन्नु भन्दा पनि कतिपय अवस्थामा यसको सेवन ठीक हुन्न ।

– कुनैपनि किसिमको एलर्जी छ भने अनारको सेवनले त्यो एलर्जी थप बढाउँछ ।

– अनारको रस इन्फ्लुएन्जा, कब्जियत आदिमा राम्रो हुँदैन ।

– अनारले रक्तचाप नियन्त्रण गर्छ । यद्यपी यसका साथै औषधी पनि सेवन गरिरहेको छ भने त्यसको नकारात्मक असर पर्न सक्छ ।

– कतिपय रोगमा औषधी सेवन गरिरहेकाहरुले अनार सेवन गर्नु हुँदैन ।

ध्यान दिनुपर्ने कुरा

– अनारलाई एक हप्तासम्म सामान्य तापमानमा भण्डारण गर्न सकिन्छ ।

– यदि फ्रिजमा राख्ने हो भने त्यसलाई प्लाष्टिकमा लपेटेर राख्नुपर्छ ।

– अनारको ताजा बीजलाई चार दिनसम्म पि|mजमा राख्न सकिन्छ ।

– यदि अनारको बिज खाएपछि खाद्य एलर्जी भयो भने त्यसलाई तुरुन्तै रोक्नुपर्छ ।

– रक्त सम्बन्धी औषधी सेवन गरिरहेकाहरुले अनार खानुअघि चिकित्सकको परामर्श लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment