Comments Add Comment

नेपाल टेलिकमले १५ अर्ब नाफा कमायो, आयकरको लागि मात्रै छुट्यायो ५ अर्ब


३२ साउन, काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (टेलिकम)ले १५ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ को तुलनामा आव २०७३/७४ मा कम्पनीको नाफा २९ प्रतिशतले बढेको हो ।

आयकरको लागि मात्रै कम्पनीले ५ अर्ब रुपैयाँ छुट्याएको छ । करअघिको कम्पनीको नाफा २० अर्ब रहेको छ । १५ अर्ब रुपैयाँको (चुक्ता पुँजी) भएको कम्पनीले १५ अर्ब कै नाफा गर्न सकेको हो ।

अघिल्लो आवमा कम्पनीको नाफा ११ अर्ब रहेको थियो । कम्पनीले सेवाबाट मात्रै ४० अर्ब ७४ करोड रुपैयाँ कमाएको छ । यसमा ३५ प्रतिशतले वृद्धि भएको हो । अन्य आम्दानीबाट कम्पनीले ४ अर्ब ८ करोड कमाएपछि कुल आम्दानी ४४ अर्ब ८३ करोड पुगेको छ ।

कम्पनीले १ अर्ब ६२ करोड रोयल्टि तिरेको छ । ह्रासकट्टा (डिप्रिसिएशन)मा कम्पनीले ४ अर्ब २१ करोड राखेको छ । ग्रामिण दुरसञ्चार बिकासको लागि खडा गरिएको कोषमा कम्पनीले ८१ करोड रुपैयाँ राखेको छ ।

 

कम्पनीको प्रशासनिक खर्च ४३ प्रतिशतले बढेर १ अर्ब ४४ करोड पुगेको छ । कम्पनीले कर्मचारीको सेवा अवधिपछिको लागि सुविधाको रुपमा ७ अर्ब ७४ करोड रकम छुट्याएको छ । कम्पनीले अघिल्लो आवमा यस्तो खर्च ७ अर्ब ३३ करोड छुट्याएको थियो ।

 

कम्पनीले विदेशी मुद्राको विनिमयबाट ६१ करोड घाटा लागेको छ । १ अर्ब २२ करोड रुपैयाँ फ्रिक्वेन्सी शुल्कको रुपमा तिरेको छ ।

कम्पनीको ७ अर्ब ८७ करोड रुपैयाँ बराबरको (वर्क इन प्रोग्रेस) निर्माण लगायतका काम भइरहेको छ । कम्पनीले ७ अर्ब ८७ करोड लगानी गरेको छ । कम्पनीसँग बिक्री हुन सक्ने सामानको मौज्दात (इन्भेन्ट्रि) ४८ करोड बराबर रहेको छ । कम्पनीले यसअघि उठाउन बाँकी २६ करोड उठाएपनि लगभग ३ अर्ब ४ करोड अझै उठाउन बाँकी छ ।

चालु दायित्व १५ अर्ब रहेको कम्पनीको ६६ अर्बको चालु सम्पत्ती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment