Comments Add Comment

सरकारले कहाँ कति त्रिपाल पठाउँदैछ ?

३२ साउन, काठमाडौं । सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरुको गोदाममा रहेका त्रिपाल बाढी पीडितहरुलाई वितरण गर्ने निर्णय गरेको छ ।
केन्द्रीय दैवी प्रकोप उद्धार समिति अन्तर्गतको आपूर्ति आश्रय तथा पुनःस्थापना उपसमितिले त्रिपाल वितरण गर्ने निर्णय गरेको हो ।

सहरी विकास मन्त्रालयमा सहरी विकास मन्त्री प्रभु साहको अध्यक्षतामा बसेको उपसमितिको बैठकले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको इनरुवामा रहेको गोदामबाट झापा, मोरङ, सप्तरी, सिराहा, धनुषा तथा महोत्तरीमा त्रिपाल वितरण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको हेटौंडामा रहेको गोदामबाट रौतहट, सर्लाही, बारा, मकवानपुर, पर्सा र चितवनमा वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रुपन्देहीमा काठमाडौं मानवीय सहायत स्थलबाट तथा कैलालीमा सुदुरपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनगढीको गोदाममा रहेको त्रिपाल वितरण गर्ने निर्णय गरेको छ ।

बैठकले बाढीबाट विस्थापित भई अस्थायी आवासको व्यवस्था गर्नुपर्ने घरधुरी तथा परिवारहरुको यथार्थ विवरण शहरी विकास मन्त्रालयमा पठाउन जिल्ला दैवीप्रकोप उद्धार समितिहरुलाई निर्देशन दिएको छ ।

त्रिपाल र टेन्ट कहाँ कति ?

इनरुवा क्षेत्रिय प्रशासन कार्यालयको गोदाममा ४४ हजार ८ सय त्रिपाल तथा टेन्ट छन् । जसमध्ये झापामा ३ हजार, मोरङमा १० हजार, सुनसरी र सप्तरीमा ६-६ हजार, सिराहामा ४ हजार धनुषा र मोहत्तरीमा ५-५ हजार त्रिपाल पठाउने निर्णय भएको छ ।

हेटौंडा क्षेत्रिय प्रशासन कार्यालय गोदाममा रहेका ४० हजार त्रिपाल र टेन्ट मध्ये बारा र सर्लाहीमा ५-५ हजार, रौतहटमा १५ हजार, पर्सामा ४ हजार, मकवानपुरमा २ हजार र चितवनमा ३ हजार त्रिपाल वितरण गरिने निर्णय भएको हो ।

काठमाडौं-मानवीय सहायता स्थलमा भएका साम्रगी मध्ये नवरपरासीमा ४ हजार, रुपन्देही र कपिल्बस्तुमा १ हजार, दाङमा ४ हजार, बाँके र बर्दियामा ५-५ हजारका दरले वितरण सुरु गरिने सहरी विकास मन्त्रालयले स्पष्ट पारेको छ ।

सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनगढी गोदाममा रहेका १ हजार १ सय ८५ त्रिपाल तथा टेन्ट आवश्यकताका आधारमा कैलालीलगायत क्षेत्रमा वितरण गरिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment