Comments Add Comment

आइएमइ लाइफ इन्स्योरेन्सको कारोबार आजबाट सुरु  

८ महिनाभित्रमा ६० करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने

१ भदौं, काठमाडौं । नयाँ लाइसेन्स पाउने १० जीवन बिमा कम्पनीमध्ये आइएमइ लाइफ इन्स्योरेन्सले  आज विहीवारबाट कारोबार सुरु गरेको छ । कम्पनीले आज ५ बजे कारोबार सुरुवातको औपचारिक कार्यक्रम पनि गर्दैछ ।

कम्पनीले १ अर्ब ४० करोड चुक्ता पुँजी र ३ अर्ब अधिकृत पुँजी सहित सञ्चालनमा आउन लागेको हो ।

कम्पनीले बिमा समितिले तोकेको २ अर्ब चुक्ता पुँजी पुर्याउन अबको ६ देखि ८ महिनाभित्रमा ६० करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने कम्पनीका महाप्रबन्धक राकेस पोखरेलले बताए । कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी रहने भएको हो ।

लौन चौरका केन्द्रिय कार्यालय रहने कम्पनीले १ वर्षमा ६० देखि ६५ शाखा खोल्ने योजना बनाएको छ । काठमाडौंमा मात्रै कम्पनीले ७ वटा शाखा खोल्ने लक्ष्य लिएको छ । शाखा अनुमतीको लागि कम्पनीले बिमा समितिमा आवेदन दिइसकेको छ ।

कम्पनीले कारोबार सुरु गरेसँगै विहीवारबाट आइएमइ सरल (सावधिक) योजना सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले यो योजनामा १६ वर्षदेखि ६४ वर्ष उमेरका मानिसहरुले सहभागिता जनाउन सक्ने बताएको छ । यो योजनाको अवधि ५ देखि ६५ वर्षसम्म रहनेछ ।

यो योजनामा सहभागि हुन चहानेले २५ हजार देखि आय स्रोतले धान्ने रकमसम्मको बिमा  (बिमांकीय रकम) गर्न सक्ने पोखरेलले स्पष्ट पारे । कम्पनीले अन्य ६ वटा योजना सञ्चालनको लागि बिमा समितिमा आवेदन दिएको छ ।

कम्पनीको हाल महाप्रबन्धक पोखरेलले नै नेतृत्व गर्ने भएका छन् । कम्पनीले प्रमुख कार्यकारी अधिकृत रहने व्यवस्था अंगालेपनि यो पदको जिम्मेवारी पछि  पोखरेललाई नै दिन सकिने वा नयाँ पनि ल्याउन सकिने कम्पनीको एक सञ्चालकले बताए ।

कम्पनीको अध्यक्षता डा. रामहरी अर्यालले गरेका छन् । कम्पनीको अन्य सञ्चालकहरुमा अश्विनी अर्याल, दिपक शर्मा, इश्वर कार्की र दिप चन्द्र रेग्मी रहेका छन् । अन्य २ सञ्चालक भने चयन हुनन बाँकी रहेको छ ।

कम्पनीमा व्यवसायी चन्द्र ढकालसम्बद्ध आइएमइ समूह, भाटभटेनि, सञ्चालक मीनबहादुर गुरुङ, हाथवे इन्भेष्टमेन्ट, हाथेवेका अम्बिका पौड्ल (व्यक्तिगत लगानी समेत), नवराज नेपाल लगायतकाको लगानी रहेको छ । कम्पनीमा आइएमइ र सम्बद्धहरुको ४० प्रतिशत बढि लगानी रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment