Comments Add Comment

बार्सिलोना फेरि हार्‍यो, सुपर कपको उपाधि रियल मड्रिडलाई

१ भदौ, काठमाडौं । बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि उचालेको छ ।

स्टार स्ट्राइकर क्रिष्टियानोको अनुपस्थिति रहेको दोस्रो लेगमा बार्सिलोनााथि २-० को जित निकालेको रियल मड्रिड समग्रमा ५-१ ले विजयी भयो । पहिलो लेगमा रियल मड्रिडले ३-१ को जित निकालेको थियो ।

घरेलु मैदान बेर्नाबाउमा भएको खेल रियल हावी भएको थियो । उसले चौथो मिनेटमा नै मार्को एसेन्सिओको गोलबाट अग्रता लिएको थियो । ३९ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि पहिलो हाफमा घरेलु टोली २-० ले अगाडि रहृयो ।

दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेपछि बार्सिलोनाले कमब्याक गर्नर् सकेन ।

जिनेदान जिदान प्रशिक्षक भएपछि रियल मड्रिडले दुई पटक च्याम्पियन्स लिग र गत सिजन ला लिगा जित्यो । र, पछिल्लो प्रदर्शनलाई उसलाई हराउन कठिन देखिएको छ ।

नेइमारलाई कीर्तिमानी मूल्यमा बेचेको बर्सिलोनाले उनको रिप्लेसमेन्टमा अर्को खेलाडी भित्र्याउन सकेको छैन, जसले उसको प्रदर्शन कमजोर देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment