Comments Add Comment

‘ग्याङस्टार ब्लूज’को प्रिमियरमा प्रियंकादेखि आनासम्म(फोटो फिचरसहित)


शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ग्याङस्टार ब्लूज’को भव्य रेड कार्पेट प्रिमियर काठमाण्डौको चावहिलस्थित एफक्यूव हलमा गरिएको छ । सरोज न्यौपाने निर्मित तथा हेमराज वीसी निर्देशित चलचित्रको प्रिमियरमा कलाकारको उपस्थिती बाक्लो थियो ।

चलचित्रका मुख्य कलाकार आशिरमान देशराज, आना शर्मा, संयम पुरी, रोजिशा शाही, नरेश पौडेल आकर्षक बनेर हलमा पुगे । यस्तै, नायिकाहरु झरना थापा, प्रियंका कार्की, सुरविना कार्की, रीमा विश्वकर्मा हलमा पुगेका थिए ।

चलचित्रकर्मी, पत्रकार र अन्य विभिन्न क्षेत्रका मानिसहरुको बाक्लो उपस्थिती रहेको प्रिमियर समारोहले चलचित्र क्षेत्रको माहोल तताएको छ । नायक आशिरमान देशराज र नायिका आना शर्माको परिवार नै चलचित्र हेर्न पुगेका थिए । नायक आयुष्मान देशराज, बैंकर रविना देशराजको साथमा पहिलो पटक सार्वजनिक कार्यक्रममा आयुष्मान र आशिरमानका पिता पनि पुगेका थिए ।

चलचित्र हेर्ने अधिकांशले फरक बिषयको भन्दै प्रशंसा गरेका छन् । आफ्नो भाइ र प्रेमको लागि ग्याङस्टार बनेको एक यूवाको कथामा यो चलचित्र बनेको छ ।
भोली शुक्रबारबाट देशभरका हलमा रिलिज हुने चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा धेरैको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment